३२ वर्ष पछि पाए विधालयले जग्गा धनी पुर्जा

  • फागुन २४, २०७८
  • ३३८ पटक पढिएको
  • Ram Pukar Yadav
alt

शम्भु चौधरी लहान २४ फाल्गुन । सिरहाको धनगढीमाई नगरपालिका ३ मा रहेको श्री सरस्वति आधारभुत विधालय मेदनीपुर तुलसीपुरले ३२ वर्ष पछि जग्गा धनि प्रमाण पुर्जा पाएका छन् । प्रमाण पुर्जा पाएपछि विधालय परिवार र स्थानिय गाउँलेहरु खुसिले गद गद भएका छन् ।

२०४६ सालमा स्थापित भएका विधालय ३२ वर्षसम्म कुनै व्यक्तिको नाममा रहेको जग्गामा संचालन रहेको थियो । विधालय परिवार, टोल सुधार समीति र गाउँलेको अथक प्रयासबाट जग्गा धनि पुर्जा प्राप्त भएको मेदनिपुर, तुलसिपुर टोल सुधार समीतिका अध्यक्ष नन्दिलाल चौधरीले बताए ।

विधालय रहेको जग्गा काठमाडौँ निवासी किरणमनि दिक्षितका छोरा द्धय कन्चनमनि दिक्षित र कपिलमनि दिक्षितको नाममा रहेको ८ कठ्ठा ४ धुर जग्गा करिब ८ करोड मुल्य बराबरको विधालयलाई हस्तान्तरण गरेको टोल सुधार समीतिका अध्यक्ष चौधरीले बताए ।

जग्गा दाता दिक्षितले भने यो गाउँ प्रति मेरो पुर्खौ देखिको लगाव छ । म धेरै नै खुसी छु । मैले दिएको जग्गामा विधालय निर्माण भएपछि यहाँका वालवालिका शिक्षित हुन्छ । यहाँका गाउँलेहरुको उत्साहबाट म धेरै नै खुसी छु ।

विधालय कक्षा ५ सम्म संचालन रहेको छ । ३ दरवन्दि, २ राहत र २ वालविकास गरि ७ जना शिक्षक शिक्षिका रहेका छन् भने १ सय १ जना विधार्थी रहेका विधालयका प्र. अ. ननु लोगीले बताए ।

प्रदेश सभा सदस्य लगनलाल चौधरीको प्रमुख आतिथ्यम कार्यक्रम भएको थियो भने विधालय व्यवस्थापन समितिका अध्यक्ष सुकदेव सदायको अध्यक्ष्तामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...