बुवाको सम्झनामा चबुतरा निर्माण

  • चैत ७, २०७८
  • ३२२ पटक पढिएको
  • Ram Pukar Yadav
alt

शम्भु चौधरी लहान ७ चैत्र । सिरहाको धनगढीमाई नगरपालिका २ भवानीपु्रमा धनेश्वर साहले आफना बुवा बलराम साहको सम्झनामा समुदायिक चबुतरा निर्माण गरेका छन ।

गाँउका बुढापाका र किसानहरुलाई आराम गर्न तथा मेरो आदरणिय बुबाको नाम सदियौँ रहिरहने उदेश्यले यो समुदायिक चबुतरा निमार्ण गरेको स्वर्गिय वलराम साहको कान्छो छोरा धनेश्वर साहले बताए ।

यस चबुतरा निमार्णबाट गाँउका युवाहरुले कुनै किसिमका साँस्कृतिक कार्यक्रम गर्न सुविधा हुने र बाटो हिडने बटुवाहरुलाई अराम गर्न सुविधा हुनेछ । यस कार्यबाट म आसाध्य नै खुशी भएको स्थानिय वुद्धिजीवि बिरेन्द्र कुमार चौधरीले बताए ।

विकास सरकारी बजेटबाट मात्रै होइन निजी खर्चबाट पनि हुने यसले प्रमाणित गरेको छ । म एउटा गाँउलेको नाताले निर्माण कर्तालाई धन्यवाद दिन चाहन्छु । यस्ता विकासका हातहरु अझ बढिरहोस भनि स्थानिय युवा कपलेश्वर साहले बताए ।

निर्माण कार्यमा सामाग्री र मीस्त्रीको ज्याला सहित रु १ लाख ११ हजार लागत लागेको निर्माणकर्ता साहले बताए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...