"मिहिनेतले चुम्छन गगन",रोजगारिको लागि खाडी गएका थलहाको डमर साउदिमा बने गैर अबासिय नेपाली सँघको अध्यक्ष

  • चैत १९, २०७८
  • १४६७ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स /सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिका थलहाको डमर जो समान्य परिवारमा जन्मन्छ्न। सिरहाको बिष्णुपुर गाउँपालिका वडा नम्बर ४ किसान परिवारमा जन्मेको डमर कुमार यादव आफ्नै देशमा रोजागारी पाउँदैन। वैदेशिक रोजगारीको विकल्प नपाएको यादव बिक्रम सम्बत २०५९ मा नै खाडी मुलुक साउदी पुग्छन् । आफ्नै मुलुक भित्र रोजगारी अवसर नपाउँदा बाध्यताको रुपमा रहदै साउदी खटछन।समान्य मजदुरको काममा गएका यादव कसरी मजदुर देखि म्यानेजर र त्यसपछि गैर अवासिय नेपाली सँघ साउदिको अध्यक्ष बन्छन।हेरौ उहाँकै मिहिनेत र लगनशिलता!!! साउदिको नेशमा कम्पनीमा मजदुरको काम पाउँछन् उहाँ।आफ्नै मिहिनेतमा बिश्वास गर्ने यादव अन्तिम क्षमता बमोजिम काम गर्छ्न।कम्पनीमा जुझारु रुपले काम गर्ने यादव अरु समकक्षी कामदारहरूको दिल जित्दै कम्पनीको प्रशासनिक स्टाफहरुको पनि दिल जित्छन।कम्पनीले उसको काम र दक्षता देखेर उ प्रती सार्है खुशी हुन्छन र कामदार खटाउने थप जिम्मेवारी दिन्छन। उसले पाएको थप जिम्मेवारी पनि इमान्दारीताका साथ निभाउँछ्न।पछि उसलाई एउटा कुशल म्यानेजरको पद नै दिन्छ।मिहिनेती यादव सँग कामकै दौरान खाडी अथवा मरभुमी मुलुकमा भोगेको पीडा र स्वदेशमा रहेको घर परिवारको जिबिकोपार्जनको लागि गर्नु परेको संघर्षको बारेमा राम्रो अवगत हुन्छ। उनी सँग १५ बर्ष काम गरेकी अनुभव हुन्छ। उसले रोजगारी गर्दै गरेको खाडी देश साउदिमा एउटा गैर नेपालिहरुको सँघ भेट्छन।उसले कामकै दौरान गैर अवासिय नेपालिहरुको सँघमा जुट्छन।त्यसमा पनि आफ्नो क्षमता अनुरुप काम गर्छन् ।गैर नेपालिहरुको दु:खद अबस्थामा र पीडा परेको अबस्थामा साथ दिन्छन।सहयोगी स्वभाव का यादव डमर कुमार गैर नेपालिहरुको दिल नै बन्न पुग्छन ।यादव सदस्य देखि सचीव उपसचिव अर्थात समितिको हरेक पदमा राम्रो जिम्मेवारी बहन गर्दै अध्यक्ष सम्म पुग्छन।हाल साउदी स्थित गैर अवासिय नेपाली सँघको अध्यक्ष पदमा बहुमतले साथ पाउँदै अध्यक्षको जिम्मेवारीमा छन, उहाँ । गाउँमै उसको ठूलो चर्चा चलिरहेको हुन्छ। बीस बर्ष देखि साउदी मा रोजगारिको शिलशिलामा रहेको गैर अवासिय सँघ साउदिको अध्यक्ष यादव लाई आफ्नै घर परिवार र गाउँकै युवाहरूको बोलाहट हुन्छ।उनी घर फर्किन्छ।गाउँ घरमा हर्षोल्लास हुन्छन । IMG20220401180251 समाज र गाउँकै समस्या पिडाहरु उछिन्न युवाहरुले खडा गरेको उज्वल समाज कल्याण भन्ने संस्थाले कार्यक्रमको आयोजना गरि स्वागत सम्मान गर्दै कार्यक्रमको बिश्राम दिन्छन। हाल मुलुकभित्र पर्याप्त रूपमा रोजगारीको अवसर नहुँदा वैदेशिक रोजगारी बाध्यताको रूपमा रहँदै आएको छ । बाध्यतालाई विकल्प आफ्नै देशमा दियो भने खाडी गएर गगन चुम्ने सक्ने डमर यादव जस्तै कैयौं हाम्रै गाउँ,समाज र देशका युवाहरू देश समृद्धिको पाटो बन्न सक्छ।"मिहिनेतले चुम्छन गगन"

प्रतिक्रिया दिनुहोस

नयाँ वर्ष २०८२ मा जन ...

सिरहा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य तथा मधेश प्रदेश सभापति माननीय इन्जिनियर तपेश्वर यादवले नय ...

दुई बाइक एक आपसमा ठो ...

महोतरीको जलेश्वर–बर्दिबास सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा परी तीन जना विद्यार्थीको मृत्यु ...

तीन सूत्रीय मागसहित ...

 सिरहा नगरपालिकाका कर्मचारीहरू तीन सूत्रीय माग अघि सार्दै धर्नामा बसेका छन्। सोमबार नगर प्रमुख ...