बिष्णुपुर गाउँपालिकामा ३० लाख भन्दा बढी राजश्व छली अनियमितता

  • चैत २४, २०७८
  • २५२० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

राम पुकार यादव /सिरहा। देशकै अर्थतन्त्र टाटपल्टिदै गरेको बेला सिरहाको बिष्णुपुर गाउँपालिकामा कर्मचारी र जनप्रतिनिधिको मिलोमतोमा ३० लाख भन्दा बढी राजश्व छली गरेको तथ्य बाहिरिएको छ।आर्थिक बर्ष २०७६/0७७ र आ.ब.०७७/७८ को राजश्व छली भएको छ।बिष्णुपुर गाउँपालिकाको करार सेवामा राजश्व शाखामा कार्यरत कर्मचारी महेन्द्र प्रसाद यादवले गाउँपालिका अध्यक्ष जागेश्वर यादवलाई विभिन्न समयमा राजश्वकै पैसा विभिन्न काम बहानामा उपलब्ध गराउँदै राजश्व छली भएको जनाएको छ। राजश्व शाखाको कर्मचारी महेन्द्र यादवले भने गाउँपालिका अध्यक्ष जागेश्वर यादवले म सँग पटकपटक विभिन्न आकस्मिक काम परेको बहानामा पैसा लिई आज कानुन समत तरिकाले राजश्व छली गरेको अभियोगमा जनता सामु खडा गराइदिएको चिन्ता व्यक्त गरिरहेका छन। सोही सन्दर्भमा गाउँपालिकाको नियमित प्रमुख प्रशासकीय अधिकृत दिप कुमार यादवले राजश्व दाखिला गर्न आफू भन्दा पहिलाको अधिकृतले एउटा र आफू अधिकृत भएपछि एउटा गरि जम्मा दुई वटा पत्र काटिदा पनि हाल सम्म उनिहरुले राजश्व दाखिला नगर्नु मिलोमतोमा व्यापक अनियमितता भएको जनाइएको छ। व्यापक राजश्व छली भै अनियमितता भैरहदा पनि सिरहा जिल्ला प्रमुख अधिकारी लालबाबु कावाडिले भने मौन बसेका छन।एक स्रोतका अनुसार बिष्णुपुरमा राजश्व हिनामिना भएको जानकारी केही महिना अघि नै भै सकेको तर भने प्रजिअको चासो देखिएन। यसले कार्यबाही गर्ने सरोकारबला निकायहरू पनि शंकाको घेरामा रहेको स्रोतको भनाइ रहेको छ। गाउँपालिकाको आन्तरिक राज्श्व गाउँपालिकाको पुँजिगत रकम भएकोले यसलाई ब्यक्तिगत स्वार्थमा लगाइ ब्यक्तिगत लाभ उठाउनु ठूलो अपराध नै हो। यश किसिमको राजश्व छली गर्ने भ्रस्टाचार अपराधीहरुलाइ कति ठाउँमा कानुन बमोजिम कार्यबाही पनि भएको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...