सशस्त्र प्रहरीले हातहतियार सहित ३ जनालाई नियन्त्रण लियो

  • चैत २४, २०७८
  • ५६१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

चैत२४ बिहीबार सशस्त्र प्रहरी बल १३ गण पर्साले हातहतियार सहित तीनजना लाई नियन्त्रणमा लिएको छ। बिशेष सुचनाको अाधारमा सशस्त्र प्रहरी बल १३ नम्बर गणवाट खटिएको टोलीले सबैठवा वाट पर्सागढी तर्फ जाँदै गरेको ना ५७प३६२८ नम्बरको अपाची मोटरसाइकलमा सवार भई लङ् रेन्ज दुई नाले बन्दुक १ थान सहित तीनजनालाई पक्राउ गरेको सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेले जनकारी दिनुभयो । पक्राउ पर्नेमा पर्साको पर्सगढी नपा वडा नम्बर ५ बस्ने बर्षा ४१ को प्रेम ठाकुर , बर्षा १४ को राहुल ठाकुर र सो वडाको वर्षा ५५ को रामजी ठाकुर रहेको सशस्त्र प्रहरी उपरीक्षक पोखरेळे बताए । सशस्त्र प्रहरीले पक्राउ गरेको हातहतियार सहित तीनजनालाई अावशयक कार्यबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...