स्वार्थ र लोभको कारण राजाको पतन

  • चैत २७, २०७८
  • ८१५ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव /सम्पादक (प्रदेश टाइम्स दैनिक) नगर सुन्दर थियो । रैतिहरु पनि पबित्र थियो। राजा लोभी थियो। घना जँगल थियो।जँगल भित्र सुन नै सुनको खानी थियो। पुरानो सभ्यता ढुङे युगमा नाँगै हिड्ने एक बन मान्छेहरुको बस्ती थियो।उनिहरुको संरक्षक एक चतुर बन मान्छे थियो।उ एक शिकारी पनि थियो ।आफ्नो पेट पाल्न संधै टक्क लगाएर बिहानै देखि बेलुका अबेर राती सम्म शिकारको खोजी गर्दै बस्थ्यो।कहिले एउटा सिकार त कहिले दुइटा सिकार गर्दा गर्दै उसको शिकार नै रितिने अबस्थामा पुग्यो।पछि उ आफ्नै वरि परि छरिएर रहेको अँगहरुलाइ नै शिकार गर्न खोज्यो।संरक्षकलाइ पनि हेर्ने चारै तिर बाट सानो ठूलो ,बुझ्ने नबुझ्ने समान्य असमान्य बन मान्छेहरु थियो।जसलाइ राजा लाई हेर्ने रजौटा मुन्सि भनिन्थ्यो ।जंगल भित्र सुनै सुन देखे पछि चतुर बन मान्छे खानी नै उत्खनन गरि बेच्ने पर्यास मा जुटे। चतुर बन मान्छे बडो स्वार्थी पनि थियो।एक दिन चतुर बन मान्छे सबै बन मान्छेहरू लाई आफ्नो ब्यक्तिगत स्वार्थको लागि समान्य असमान्य बन मान्छेहरूको अधिकार नै खोस्ने प्रय्त्न गर्यो। जंगलको चारै तिर बाघले जंगल भित्र चतुर बन मान्छेको गतिविधि हेर्दै गरेको थियो।एक दिन बाघले चतुर बन मान्छेको स्वार्थी स्वभावलाई हेरेर जिल्ल पर्यो। जंगल भित्र र बाहिर हुँदै गरेको गलत गतिविधिहरुलाइ हेर्दै गरेको बाघहरुले आपसी बैठक बसि स्वार्थी चतुर बन मान्छेको राज्य खोस्ने योजना बनायो।उनिहरुले चतुर बन मान्छेको स्वार्थी स्वभाव बाट दिक्क थियो।उनिहरु चतुर बन मान्छेले जंगल भित्र रहेको सुनको खानी हिनामिना गरेको प्रती असन्तुष्ट हुँदै राज्यको ढुकुटी बचाउन चतुर बन मान्छेलाइ जँगल बाट निकाला गर्ने निर्णयमा पुगे । किनभने पेटको लागि शिकारको झोँकमा आफ्नै वरिपरि रहेको अँगलाइ समेत चिन्न छोडेको थियो।जंगल बाहिर बाघहरुको ठुलै बैठक बसि स्व्वर्थी ती चतुर बन मान्छेलाइ बिस्थापन गर्न इमान्दार र चेतनशील ,शिक्षित बन मान्छेको खोजी गरिरहेको थियो। स्वार्थीहरु बाट अपहेलित समुदाय जहाँ एक बन मान्छे चतुर भन्दा पनि चतुराईको देखियो।उनिहरु जंगलको राजा उसैलाइ बनाउने निधो गर्यो।चतुर स्वार्थी बन मान्छे धुरु धुरु रुदैँ सरोकारवाला सँग पुगे।सरोकारवालाले तिम्रो जँगल भित्र को गतिविधि जंगलबासिको प्रीय नभएको भन्दै अब तिमी उठिबास लाग भने।उसले कतै ठाउँ नपाएर अन्तत: राजा बाट सन्यास बसे। अर्थ :स्वार्थ र लोभ मान्छेको अस्तित्व पतन गर्छ। त्यसैले कहिँ को राजा हुदैमा चतुर भएर पनि लोभी स्वार्थी हुँदै सुनको महललाई कँकर सम्झिनु हुदैन । यसले आफ्नो पतनको साथ सुनको महल पनि भस्म हुन्छ। आफ्नो समुदायको बिलासिता खोस्ने जो सुकै पनि आधुनिक समयमा नाँगा नै हो।  (::सिरहाको बिष्णु सुन्दर गाउँ नगरमा अधारित कथा राम पुकार यादव ::)

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...