बरियारपट्टी गापामा प्रशासकीय अधिकृतको प्रशंसा

  • चैत ३०, २०७८
  • ६१८ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स/ ३० चैत्र ,सिरहा । सिरहाको बरियारपटी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रन्जित जँग अधिकारीको प्रशंसा चलेको छ। अनुभवले खाँरिएका कार्यालयको प्रमुख प्रशासकीय अधिकृत अधिकारिले गाउँपालिकाको समग्र ब्यबस्थापन,बजेट कार्यनयनका साथै बेरुजु फर्छ्योटमा खेलेको भुमिकाको प्रशंसा र गुणगान नयाँ बर्ष २०७९ को मध्यनजर गर्दै बरियारपटी गाउँपालिका द्वारा आयोजित शुभकामना अदानप्रदान कार्यक्रम बिच चलेको हो। शुभकामना कार्यक्रममा गाउँपालिकाको हरेक तह तप्काका कर्मचारी, जनप्रतिनिधि,र सरोकारबला निकायका ब्याक्तित्वहरुले आफना मन्तव्य राख्दै शुभकामना प्रदान गरेका थिए। सोही कार्यक्रम बिच गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत अधिकारिले , स्थानीय तहको दोश्रो कार्यकालको लागि चुनाव नजिकिदै गरेकोले आफना कार्यकाल भित्र जनप्रतिनिधिहरुले गरिएको सम्पुर्ण योजना कामहरूको भुक्तानी समयमै लिई कार्यालयको प्रशासनिक ब्यबस्थापनमा सहयोग गरिदिनुहुन जनप्रतिनिधिहरु सँग आग्रह गरेका थिए।सोही कार्यक्रम बिच बिगतका दिनहरूमा भएका कामहरूको समीक्षा गर्दै जनताको आवश्यक चाहनाहरुलाइ परिपुर्ति गर्न साकारात्म्क सोचका साथ हामी सबै अगाडी बढ्नुपर्ने गापा अध्यक्ष सन्तोष कुमार महतोले कार्यक्रमको अध्यक्षता गर्दै धारणा व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...