राम पुकार यादव÷असोज ३० ,बिष्णुपुर । साना किसान सहकारी संस्था बिष्णुपुरको अध्यक्ष पदमा सिरहा जिल्ला समन्वय समितिका उपसभापति सरोज यादव विजय भएको छ ।
अध्यक्ष पदमा विजय हासिल गर्न सफल भएको उपसभापति यादव आफ्ना प्रतिद्धन्दी भोगेन्द्र प्रसाद यादवलाई ६ मतले पछाडी पार्दै जित सफल पारेका थिए । अध्यक्ष यादवले जम्मा ६६५ मत प्राप्त गरी जित हासिल गरेका थिए भन्ने प्रतिद्धन्दी भोगेन्द्र प्रसाद यादवले ६५९ मतमा सिमित रही पराजित भएका थिए ।
त्यसतै लेखा समिति संयोजकको पदमा पशुपति यादवले ६८४ मत हासिल गर्दै जित्न सफल भएका थिए भने प्रतिद्धन्दी बिरेन्द्र प्रसाद यादवले ६२७ मतमा सिमित भएका थिए । त्यसतै सदस्य पदमा संजय कुमार मण्डल ६५८ मत र बिश्वमर महतोले ६३९ मत प्राप्त गरी विजय हासिल गरेका थिए भने प्रतिद्धन्दी क्रमस शिवनारायण सिहं ३३५ मत र रामशंकर कामती ६३० मत प्राप्त गरी पराजित भएका थिए ।
सो निर्वाचनको लागि उपाध्यक्ष पदमा सरिता कुमारी कापर (कामती) निरबिरोध भएकी थिईन । अध्यक्ष पदमा उम्मेदबारी गरेका उपसभापति सरोज यादवको चुनाव चिन्ह हल्लो रहेको थियो भने विपक्षी भोगेन्द्र प्रसाद यादवको चुनाव चिन्ह साइकल रहेको थियो । चुनाव चाँही सहज वातावरणमा शान्तिपुर्ण ढङ्गले सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Pradeshtimesdainik.com - All rights reserved