सप्तरीमा एमाले नेतालाई अपहरण प्रयास

  • वैशाख १०, २०७९
  • ४७३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

रासिन्द्र यादव ।सप्तरी । सप्तरी बलान बिहुलका प्रभावशाली युवा नेता रामनारायण यादव (अगिन्धर)को अपहरण प्रयास भएको छ । नेकपा एमालेका प्रभावशाली नेता अगिन्धरको अपहरण गर्ने प्रयास विफल भएको छ । गत बुधबार राति करिब १ बजे हतियारधारी एक अज्ञात समुहले नेता यादवको अपहरण गर्ने प्रयास गरेका थिए । घरका अन्य सदस्य आफन्तको बिहेमा बाहिर रहेको मौका छोपी अपहरण गर्ने प्रयास भएको यादवका पारिवारिक स्रोतले जनाए । नेता यादवलाई कुटपिट गर्ने क्रममा उनका श्रीमतीले स्थानीयलाई गुहार लगाउदा अपहरणकारी समुह भागेका थिए ।अपराधी समूह भाग्ने क्रममा केही राउन्ड गोलि चलाएको त्यहाँका बासिन्दाले डिएम खबरलाई जानकारी दिए । घटनामा नेता यादवलाई सामान्य चोटपटक लागेको छ । आउँदो स्थानीय निकायको चुनावमा नेता यादव एमाले बाट बलान बिहुल १ का वडा अध्यक्षका दाबेदार हुन । उनको मजबुत राजनैतिक पकडका कारण प्रतिशोधको नियतले उक्त घटना घटाईएको नेकपा एमाले बलान बिहुलले जनाएको छ । नेता यादव ज्यु-ज्यान शुरक्षाको लागि चन्ही स्थित मौवाहा चौकीमा निवेदन दिएको उनका परिवारका एक सदस्यले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...