सिरहा बहिरा संघ प्रदेशको गौरब हो ः मुख्यमन्त्री राउत

  • कार्तिक १, २०७६
  • २१० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा, असोज ३० । मुख्यमन्त्री लालबाबु राउतले सिरहा बहिरा संघ प्रदेश को गौरब रहेको बताउनु भएको छ ।
सिरहा बहिरा संघ को रजत जयन्ती महोत्सव को अबसर मा आयोजित कार्यक्रम लाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले यो संस्था प्रदेशको लागि मात्र नभई मुलुक कै लागि उदाहरण रहेको उल्लेख गर्नु भयो ।
एक जना को प्रयास ले पनि यत्रो उपलब्धि प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण बहिरा संघ ले प्रस्तुत गरेको भन्नु हुदै मुख्यमन्त्री राउतले संस्थाका अध्यक्ष गंगाराम यादव को प्रशंसा समेत गर्नु भयो ।
बहिरा संघ को उन्नति को लागि प्रदेस सरकार हर सम्भव सहयोग गर्ने प्रतिबद्धता समेत उहाँ ले व्यक्त गर्नु भयो । कार्यक्रममा प्रस्तुत एउटामात्र खुट्टा भएकी रोमा पराजुली को नृत्य लाई इगित गर्नु हुँदै मुख्यमन्त्री राउतले इच्छाशक्ति भए जे पनि गर्न सक्ने र उहाँ बाट फरक क्षमता भएका अन्य ब्यक्ति लाई पनि प्रेरणा लिनु पर्ने बताउनु भयो ।
संघका अध्यक्ष गगाराम यादवको अध्यक्षता मा भएको उक्त समारोह मा उद्योग पर्यटन बन तथा बाताबरण राज्य मन्त्री सुरेश मंडल, प्रदेश सभा सदस्य दिलिप साह, नरेश यादव, सिरहा नपा का मेयर अशेश्वर यादव सहित का बक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।
उक्त अबसरमा मुख्यमन्त्री राउतले रजत जयन्ती स्तम्भको अनावरण गर्नुका साथै शल्यकक्षको उद्घाटन समेत गर्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...