सिरहाको औरहिमा अध्यक्षमा जसपाको शिबजी यादवको बिजय

  • जेठ ६, २०७९
  • ४४८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा, ६ जेष्ठ। सिरहाको औरही गाउँ पालिका जनता समाजवादी पार्टी, नेपाका तर्फबाट अध्यक्षमा जसपा पदमा उम्मेदवारी दिएका शिवजी यादव र उपाध्यक्षमा रेनु कुमारी यादव विजयी भएका छन्। शिवजी यादव ३ हजार ४ सय ६० मत सहित विजयी भएका हुन्। उनका निकटतम प्रतिपर्धीहरु निवर्तमान मेयर तथा नेकपा माओवादी केन्द्रका सिद्धार्थ यादवले २ हजार ८४ मत र जनमत पार्टीका संजय कुमार यादवले १ हजार ९ सय ४ मत प्राप्त गरेका छन्। शिवजी यस अघि सिद्धार्थसँग झिनो मतान्तरले पराजय भएका थिए। उपाध्यक्ष उम्मेदवार रेनु कुमारी यादव ३ हजार ५ सय ५६ मत सहित विजयी भएका हुन्। उनका निकतमहरु नेकपा माओवादीका विनीता कुमारी यादवले २ हजार ७८ मत र जमत पार्टीका गणित देवी यादवले १ हजार ८ सय १५ मत प्राप्त गरेका छन्। पालिकाको जम्मा ५ वडा मध्ये ३ वटा जसपा र १÷१ वटा नेकपा एमाले र नेकपा माओवादी केन्द्र विजयी भएको छ। जसपाका सुरैतलाल ठाकुले वडा नम्वर १ बाट ५ सय ३३ मत, वडा नम्वर ३ का जीवछ यादवले ८ सय ३७ मत र वडा नम्वर ५ का राम पृत यादवले ४ सय ७२ मत प्राप्त गर्दै वडा अध्यक्षमा निर्वाचित भएका छन्। वडा नम्वर ४ मा नेकपा माओवादी केन्द्रका सुरेन्द्र प्रसाद यादव ५ सय २५ मतले र वडा नम्वर २ मा नेकपा एमालेका रामआयोधी यादव ४ सय ९४ मतले विजयी भएका छन्।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...