सिरहालाई नमूना बनाउने डक्टर नबिनको प्रतिबद्धता

  • जेठ ६, २०७९
  • ४१२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा । सिरहाको पछिडिएका पालिकाका रुपमा रहेको सिरहा नगरपालिकालाई नमूना पालिकाका रुपमा विकास गरिने पहिलो प्राथमिकता हुने नव निर्वाचित मेयर डा. नविन कुमार यादबले निर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाण पत्र वितरण कार्यक्रममा प्रतिवद्धता गरेका छन्। निर्वाचित भएपछि सार्वजनिक कार्यक्रममा पहिलो चोटी आफ्नो बिचार प्रतिवद्धतासँगै राखेका मेयर यादब प्रति नगरवासीहरुका विश्वास र उत्साह पनि बढेका छन् । विभिन्न पार्टिबाट लोकतान्त्रिक पद्धतिलाई आत्म साथ गरी जनताले निर्वाचित गरेका जनप्रतिनिधिहरुलाई समन्वयकारी भुमिका खेली नगर विकासका लागि सहकार्य साथ अगाडी बढने यादबले बताए । विकास भने विषयलाई परिभाषित गर्न जरुरी रहेको जिल्ला निर्वाचन कार्यालय प्रमुख प्रकाश खरेलले बताउनु भयो । कृषि क्षेत्रका उत्पादन मुलक आय आर्जका सम्भावन बोकेका सिरहा जिल्ला भरीका पालिकाले यस विषयलाई पहिलो प्राथमिकतामा राख्न जरुरी रहको छ । सकड र भौतिक संरचनामा मात्र ध्यान दिइए यहाँका जनताका जिवन परिवर्तन हुदैन् । यसका लागि उत्पादन मुलक क्षेत्र र चेतना विकास पनि प्राथमिकता हुनु पर्नेमा प्रमुख खरेलले जोड दिनु भयो । जिल्ला भरी निर्वाचन शान्ति पूर्ण रुपमा सम्पन भएको भन्दै निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यावद दिदै सबै जनप्रतिनिधिहरु आजैबाट सबै जनताका समान भएकोले समन्वय र सहकार्यमा पालिका संचालन गरी जनताका अपेक्षा अनुसारका विकास दिन शुभकामना पनि खरेलले दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...