सिरहाको नवराजपुरमा जसपाको सरकार

  • जेठ ६, २०७९
  • ३४० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा । सिरहाको नवराजपुर गाउँपालिकामा जनता समाजवादी पार्टि नेपालले बहुमतको सरकार बनाउन सफल भएको छ । जनता समाजवादी पार्टिको प्यानलबाट अध्यक्ष, उपाध्यक्ष र चार वटा वडा अध्यक्ष सहित बिजयी भएका छन्। अध्यक्षमा जसपाका शिव उदगार यादव ‘शिवा’ दुई हजार भन्दा बढी मतान्तरले विजयी भएका छन् । उनले ४ हजार ५ सय ५४ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका विश्वमोहन प्रसाद यादव मात्र २ हजार ५ सय २५ मत प्राप्त गरको छ । कांग्रेस नेतृ एवं पूर्व उपसभामुख समेत रहेकी चित्रलेखाका भाई विश्वमोहन निवर्तमान अध्यक्ष हुन् । उपाध्यक्षमा जसपाकै पुनम कुमारी यादव ४ हजार ३ सय १८ मत ल्याएर विजयी भएकी छिन् । उनकी निकटम प्रतिस्पर्धी कांग्रेसकै निवर्तमा उपध्यक्ष शोभा कुमारी यादव २ हजार ३ सय ८५ मत ल्याएकी छिन् । त्यस्तै वडा नं. १ मा नेकपा माऔवादी केन्द्रको उमेदवार राम औतार यादबलाई पराजित गरी जनता समाजवादी पार्टिको उमेदवार नविन कुमार यादब बिजय भएका छन् । वडा नं. २ मा नेकपा एमालेको उमेदवारलाई पराजित गरी जनता समाजवादी पार्टिको सुरेश यादब बिजयी भएका छन् । वडा नं. ३ मा नेपाली कांग्रेसको उमेदवार निवर्तमान वडाअध्यक्ष इश कुमार यादबलाई पराजित गरी जनता समाजवादी पार्टिको उमेदवार बंशी लाल यादब बिजयी भएका छन् । वडा न. ५ मा नेपाली कांग्रेसको उमेदवार निवर्तमान वडाअध्यक्ष मनोज कुमार यादबलाई पराजित गरी जनता समाजवादी पार्टिको उमेदवार शिवनाथ यादब बिजयी भएका छन । गत २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले बहुमतको सरकार बनाउन सफल भएको थियो । उक्त सरकारमा वडा नं. ४ निवर्तमान वडाअध्यक्ष मदन यादबले जनता समाजवादी पार्टिको उमेदवारलाई पराजित गरी पुनः निर्वाचित भएका छन् । वडा नं. ४ निवर्तमान गाउँपालिका अध्यक्ष विश्वमोहन प्रसाद यादबको आफ्नै गाउँ हो । अब ५ वर्षको कार्यकाल जनता अपेक्ष अनुसारको सफल होस् शुभकामाना ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...