कर्जनहा नगरपालिकाको मेयरमा एमालेकोपोख्रेल र उपमेयरमा लक्ष्मी श्रेष्ठ यादव

  • जेठ ६, २०७९
  • ३७२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा जेष्ठ। सिरहाको कर्जन्हा नगरपालिकामा नेकपा एमालेका मेयर पदका उम्मेदवार भोला प्रसाद पोखरेल र उप–मेयरमा जनता समाजवादी पार्टी (जसपा), नेपालकी लक्ष्मी कुमारी श्रेष्ठ निर्वाचित भएकी छिन्। पोखरेल ३ हजर ८ सय ३९ मत ल्याई प्रमुखमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धिहरु जसपाका केशव प्रसाद साहले ३ हजर २ सय २३ र नेकपा माओवादीका उम्मेदवार तथा निवर्तमान मेयर गंगा पासवानले २ हजार ४ सय ८२ मत प्राप्त गरेका छन्। उप–मेयर श्रेष्ठ ३ हजार ४ सय ८७ मत ल्याएर विजयी भएकी छिन्। उनका निकटतम प्रतिस्पर्धिहरु नेकपा एमालेकी निर्मला कुमारी देवी पासवानले ३ हजार ९५ मत र नेकपा माओवादी केन्द्रका उम्मेदवार तथा निवर्तमान उप–मेयर ज्ञान कुमारी श्रेष्ठले २ हजार ४ सय ५६ मत प्राप्त गरेकी छिन्। नगरपालिकाका जम्मा ११ वडाहरुमध्ये ५ वटामा नेकाप एमाले, ३ वटामा जसपा, एक÷एक ओटामा माओवादी केन्द्र, नेकपा, एकीकृत समाजवादी र स्वतन्त्र वडा अध्यक्ष निर्वाचित भएका छन्। नेकपा एमालेका तर्फबाट वडा नम्वर १ मा ३ सय २० मत सहित कनिन्द्र प्रसाद पोखरेल, २ मा ६ सय १३ मत सहित जगरनाथ यादव, वडा नम्वर ३ मा ४ सय ३६ मत सहित प्रकाश कोइराला, ९ नम्वर वडामा ३ सय ४६ मत सहित मो. मुस्तकिन र १० मा ४ सय मत सहित सागिर मियाँ निर्वाचित भएका छन्। जनता समाजवादीका तर्फबाट वडा नम्वर ६ मा ६ सय २१ मत सहित प्रकाश मान श्रेष्ठ, वडा नम्वर ८ मा ५ सय ७३ मत सहित शम्भु कुमार व्यार सुडी र वडा नम्वर ११ मा ४ सय ६७ मत सहित किस्मत राई विजयी भएका छन्। नेकपा माओवादी केन्द्रका तर्फबाट वडा नम्वर ४ मा उम्मेदवारी दिएका प्रताप विश्वकर्मा ४ सय ३६ मत प्राप्त गरी निर्वाचित भएको छ। नेकपा एसका तर्फबाट वडा नम्वर ५ मा दिपक केसी २ सय ८० मत र वडा नम्वर ७ बाट स्वतन्त्र उम्मेदवारी दिएका रामसेवक यादव ४ सय ४० मत प्राप्त गर्दै विजयी भएका छन्। २०७४ को स्थानयि तह निर्वाचनमा प्रमुख, उपप्रमु बहुमत वडा सहित नेकपा माओवादी केन्द्रले विजयी हासिल गरेको थियो। यो पटक माओवादी तेस्रो स्थानमा पुगेको छ। यस पालिकामा १० हजार ६ सय ८५ पुरुष र ९ हजार ७ सय ८२ महिला सहित २० हजार ४ सय ६७ मत दाता रहेको छ । जसमध्ये १५ हजार एक सय ३३ मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...