सिरहाको गोलबजार नगरपालिकाको मेयरमा एमालेको बिजय

  • जेठ १०, २०७९
  • ४२६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा, १० जेष्ठ। सिरहाको गोलबजार नगरपालिकामा नेकपा एमालेका मेयर श्याम कुमार श्रेष्ठ र उपमेयरमा मान्ती साह विजयी भएका छन्। आज विहान सम्मन्न मत परिणाम अनुसार श्रेष्ठ ७ हजार ९०८ मत र साह ७ हजार ७०३ मत सहित विजयी भएकाहुन्। मेयरका निकटतम प्रतिस्पर्धी निवर्तमान मेयर तथा नेकपा माओवादीका उम्मेदवार देवनाथ साहले ५ हजार ७०१ मत र नेपाली काँग्रेसका राजदेव साह (लालबाबु)ले ५ हजार ६४३ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालय गोलबजारले जनएको छ। उपमेयरका निकटतम निवर्तमान उपमेयर तथा नेकपा माओवादी केन्द्रकी उम्मेद्वार रेशम कुारी थापाले ५ हजार ६४३ र नेपाली काँग्रेसकी शान्ती सदायले ४ हजार ९६५ मत प्राप्त गरेकी छिन्। गोलबजार नगरपालिकाको १३ वडाहरुमध्येय ६ मा नेकपा एकाले, ३ मा नेपाली काँग्रेस र २/२ वडामा नेकाप माओवादी केन्द्र र जनता समाजवादी पार्टी विजयी भएको छ। नेकपा एकालेबाट वडा नम्वर २ मा सुकदेव सिंह, ६ मा संजित लामा, ७ मा हरिशंकर ठाकुर, ८ मा देवनारायण महतो, १० मा उपेन्द्र कुमार मुखिया र १२ नम्वर वडामा गणेश मुखिया विजयी भएका छन्। नेपाली काँग्रेसको तर्फबाट वडा नम्वर ४ मा सकलदेव यादव, ५ मा बालकृष्ण गौतम र १३ नम्वर वडामा नक्द कुमार महतो विजयी भएका छन्। नेकपा माओवादी केन्द्रको तर्फबाट १ नम्वर वडामा देववहादर थापा र धनप्रसाद लामा ३ नम्वर वडाबाट वडा अध्यक्ष विजयी भएका छन्। जसपाबाट वडा नम्वर ९ मा सुरेन्द्र कुमार सिंह र ११ बाट सोहेव अनवर वडा अध्यक्ष विजयी भएका छन्। गोलबजार नगरक्षेत्रमा १७ हजार ७३३ पुरुष र १५ हजार ९७८ महिलागरी जम्मा ३३ जहार ७११ मत रहेको छ। जसमध्ये २२ हजार ६७१ मतदान भएको निर्वाचन अधिकृत शिव प्रसाद आचार्यले जानकारी दिए। खसेको भध्ये ३९७ मत बदर र २२ जहार २७४ मत सदर रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...