बुहारीको सुपारीमा देबर ससुराको हत्या अभियोगमा तिनजना पक्राउ

  • जेठ १८, २०७९
  • ७९८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहामा विवाहको तीन दिनअघि बुवा र छोराको हत्या भएको घटनामा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मृतकका साइँली बुहारी अर्नामा गाउँपालिका घर भई गोलबजार नगरपालिका–४ मा बस्दै आएकी २६ वर्षीया शान्तिदेवी पाल, गोलबजार–४ का ६५ वर्षीय बेचु पाल र अर्नामा–१ महनौरका ४८ वर्षीय जनिफ मियाँ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । जेठ ८ गते अर्नामा गाउँपालिका–१ महनौर स्थित पाल टोलमा स्थानीय ६० वर्षीय लुचाई भन्ने चन्देश्वर पाल र उनको १९ वर्षीय छोरा सन्तकुमार पालको बीभत्स रूपमा हत्या गरिएको अवस्थामा घरमै शव फेला परेको थियो । सन्तको विवाह जेठ ११ गतेका लागि तय भएकोमा गाउँकी स्थानीय महिलाहरु गीत गाएर गइसकेपछि छुट्टाछुट्टै कोठामा सुतेका बुवा छोराको टाउको, गर्दन, ढाडलगायतमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियोयस घटनामा प्रहरीले अनुसन्धान गर्दै जाँदा दाइजोको विवाद र पारिवारिक रिसइबीका कारण बुवा र छोराको हत्या भएको खुलेको छ । सन्तको विवाह जेठ ११ गतेका लागि मोरङ जिल्लाकी युवतीसँग तय भएको थियो । दाइजोमा उनलाई केटी पक्षले १ लाख नगद, एउटा मोटरसाइकल तथा ८ आना सुन दिने सहमति गरेका थिए । तर, सन्तसँग विवाह तय हुनुभन्दा पूर्व युवतीको विवाह गोलबजार बस्ने बेचु पालको छोरा प्रदीप पालसँग तय भएको थियो । केटी पक्षले उनलाई दाइजोमा विराटनगरमा घडेरी दिने, उक्त घडेरीमा घर बनाइदिने र केटालाई व्यापार व्यवसाय गर्नका लागि लगानी पनि गरिदिने सहमति भएको थियो । तर, पछि बेचुका छोरा प्रदीपले युवतीको पहिला पनि विवाह भएको जानकारी पाएपछि उनले विवाह नगर्ने बताएका थिए । मियाँले शान्तिको सासू-ससुराले धेरै दुःख दिएकाले यिनीहरूलाई शान्तिको बाटोबाट हटाउनुपर्छ र यसका लागि शान्तिले ५० हजार दिने भनेपछि बेचुले समेत आफ्नो रिसइबीका कारण हत्या गर्ने योजनामा सहमति जनाएका थिए । तीनै जनाले हत्या गर्नका लागि मियाँले बन्चरो ल्याउने र बेचुले खुकुरी लिएर जाने योजना बनाएका थिए । शनिबार साँझ बेचु गोलबजारबाट पैदल हिँडेर मियाँसँग भेट हुने स्थानमा पुगेका थिए तर मियाँ नआएपछि घटनास्थलको पूर्वपट्टीको राजदेवी मन्दिरमा गएर केही समय आराम गरेर मृतकको घरमा गीत बज्न बन्द भएपछि बाहिर गोठमा सुतेको चन्द्रेश्वरलाई पहिले र त्यसपछि सन्तलाई हत्या गरी कोठामा बाहिरबाट चुकुल लगाई मन्दिर तर्फ फर्केका थिए । बेचु मन्दिरमा गएर हातमुख राम्रो सँग धोएर र बालुवाले घोटेर खुकुरी पखालेर पुनः पैदश घरमै फर्केको प्रहरी अनुसन्धानबाट खुलेको हो । यस घटनामा अनुसन्धान गर्दै जाँदा तीनैजनालाई पक्राउ गरिएको हो । यस घटनाको अनुसन्धान गर्नका लागि संघीय प्रहरी इकाई जनकपुर, जिल्ला प्रहरी कार्यालय सिरहाको अनुसन्धान टोली र के९ लालगढको तालिम प्राप्त कुकुर सहितको टोलीले अनुसन्धान गरेपछि तीनैजनालाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

नयाँ वर्ष २०८२ मा जन ...

सिरहा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य तथा मधेश प्रदेश सभापति माननीय इन्जिनियर तपेश्वर यादवले नय ...

दुई बाइक एक आपसमा ठो ...

महोतरीको जलेश्वर–बर्दिबास सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा परी तीन जना विद्यार्थीको मृत्यु ...

तीन सूत्रीय मागसहित ...

 सिरहा नगरपालिकाका कर्मचारीहरू तीन सूत्रीय माग अघि सार्दै धर्नामा बसेका छन्। सोमबार नगर प्रमुख ...