सदरमुकाम परासीकाे अब्यवस्थित नालामा एक पुरुष खसेर घाईते

  • असार २, २०७९
  • ५८८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 सुरेश यादव,नवलपरासी / असार २ । पश्चिम नवलपरासीको रामग्राममा ज्यान लेवा बन्दै सडकको किनारामा नालामाथि राखिएको ढक्कन फुटेकाे कारण एवम् कुनै ठाउँमा नाला माथि ढक्कन नराखिएको ठाउँमा कयौं मानिसकाे पटक पटक खुट्टा नालामा पस्दा घाइते हुनेगरेका छन् । पटक पटक सम्बन्धित निकायलाई जान्कारि गराउदा पनि अटेरी गरिरहेको अवस्था छ। रामग्राम नगरपालिका वडा नं ५ मा घण्टा घरदेखि जिल्ला प्रहरी कार्यालय सम्मकाे मेन बाटोको छेउमा रहेकाे नाला माथि ढक्कन फुटेको र पहिलैबाट नराखेको हुनाले दिनहु उक्त नालामा मानिसलाई खसेर चोट लाग्ने गरेको छ । बिधार्थी स्कुल जादा पनि नालामा खसेर चोट लाग्ने र किताब पनि भिजेर खराब हुनेगरेको छ। रामग्राममा नगरपालिका भित्र पर्ने सदरमुकाम परासीकाे मेन बाटाे छेउमा रहेकाे नालाबाट सहनै नसक्ने दुर्गन्ध आयको हुनाले बिमारीको जोखिम दिनहु बढ्दै गइरहेको छ भने ब्यापारीलाई पसलमा बस्न समेत गार्‍हो भैरहेको ब्यापारी एवम् स्थानीयको भनाई छ । नाला सुधार नभएकोले आज नालामा खसे नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य बुद्धन अली आज रामग्राम नगरपालिका वडा नं ५ जिल्ला प्रशासन कार्यालयको अगाडी नालीमा खसी सामान्य चोट पटक लागेको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...