कमला नहर सिँचाइ योजना निर्माण कार्य ढिलासुस्तीले किसान सास्तीमा

  • असार ३, २०७९
  • ९०१ पटक पढिएको
  • राम पुकार यादव
alt

 राम पुकार यादव /सिरहा। लामो समयदेखि लथालिङग भएको कमला नहर सिँचाइ योजना निर्माणकार्य अझै गति लिन सकेको छैन । कमला सिँचाइ कार्यालय पोर्ताहाको ढिलासुस्तीले सिरहाको करिब ४० गाउँ बस्ती र धनुषाको करिब ३६ गाउँ बस्तिका किसानहरू नहर ब्यबस्थापन र सिंचाइ अभावको कारण सास्ती खेपिदै आएको किसानहरू बताउँछन् । २०१७ सालमा नै तत्कालीन सिँचाइ मन्त्री गणेशमान सिँहले शिलान्यास गर्नुभएको कमला नहर अझै ब्यबस्थित नभएपछि किसानहरू उपेक्षित भएको बुझिएको छ। नहर व्यवस्थापन र निर्माण कार्य पूराको लागी बजेट छुट्याउने तर त्यस बजेटलाई उचित समयमा ब्यबस्थापन गर्न नसकिएको कारण कमला नहर जस्ताको त्यस्तै अबस्थामा रहेको स्थानीय बासिन्दाको भनाइ छ । किसानहरुका अनुसार नहर ब्यबस्थापन तथा सिंचाइ निर्माण कार्यको लागी राखिने बजेट पनि बर्षको अन्तिम समय बर्षातको समयमा झारपात साफ गरेर सकाउने मात्रै होइन यसको चरम दुरुपयोग गरेको कारण कृषियोग्य जमिन पनि बाँझो रहने र मानिसको लागि यातायात पनि असहज बन्दै गरेपछि किसान थप पिडाको सिकार हुँदै गएको आम धारणा रहेको छ। कमला नदीको व्यवस्थापन नहँुदा बर्सेनि आउने बाढीले सिरहा, धनुषा र सीमावर्ती क्षेत्र भारतको बिहारमा डुबान हुनुका साथै धनमालको ठूलो क्षति हुने गरेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...