युबाहरुको अभियान स्कुल स्कुलमा

  • चैत १, २०७५
  • १६८ पटक पढिएको
  • सदिक्षा गैरे
alt

नवलपरासी १ चैत्र । नवलपरासीमा हरेक दिन मुठ्ठी दान अभियानले शुक्रबार मध्यबिन्दु नगरपालिकाको पाण्डब निम्न माध्यमिक बिद्यालयमा कापी र कलम बितरण गरेको छ । एक थुकी सुकि सय थुकी नदि भन्ने मुल मन्त्र लाई आत्म साथ गर्दै ड्याड नेपाल , हेल्प अर्गनाईजेशन , आउ युवा देस बनाऔं,नवलपुर र हाम्रो संसार फेसबुक ग्रुप को संयोजन मा संचालित "हरेक दिन एक मुठ्ठी दान !" महाअभियान ले बिद्यालयमा यस्तो सहयोग गरेको हो । अभियान अन्त्रगत पञ्च पाण्डप निम्न माध्यमिक विद्यालय मध्यबिन्दु ४, नवलपुर मा छात्र छात्रा बिध्यार्थीहरुलाई जम्मा २१ दर्जन कपि २१ दर्जन कलम लगायत अन्य शैक्षिक सामाग्री बितरण कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा महाअभियान हरेक दिन एक मुठ्ठी दानका संयोजक बिमल अधिकारी को अध्यक्षता रहेको थियो । कार्यक्रममा बिध्यालयका प्रधानाध्यापक कुल बहादुर महतो प्रमुख अतिथी रहनु भएको थियो । सो अबसरमा सोही विद्यालयका अभिभावक संघका अध्यक्ष श्री डिल्ली राम महतो, ड्याड नेपाल्का का अध्यक्ष किरण भुर्तेल, सहयोगी सस्था-हेल्प अर्गनाईजेशनका का उपाध्यक्ष निरज सुवेदी ,तिर्थ राज काफ्ले,सुर्य पौडेल,गोबिन्द आचार्य लगायतका सामाजिक अभियान्ता एवम शिक्षक शिक्षिकाहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा सामाजिक अभियान्ता तिर्थ राज काफ्लेले "हरेक दिन एक मुठ्ठी दान " महाअभियान बारे प्रस्ट्याउनु भएको थियो यो अभियानले आर्थिक अभाब कै कारणले बालवालिका शिक्षा बाट बन्चित हुन नपरोस भन्दै सहयोग गरेको बताउनुभयो । सो अबसरमा बोल्दै शिक्षा क्षेत्रमा गरिएको यो कार्य सराहनीय छ भन्दै शैक्षिक क्षेत्रमा यस्ता कार्यक्रमा अत्यन्तै प्रभाबकारी रहनेमा विशेष अतिथी डिल्ली राम महतोले जोड दिनु भएको थियो । साथै महाअभियान संग सधै सहकार्य,सहयोग गर्ने प्रतिबद्धता विद्यालयका प्रधानाध्यापक कुल बहादुर महतोले ब्यक्त गर्नु भयो । शिक्षिका कल्पना लम्सालले स्वागत मन्तब्य राख्नु भएको सो कार्यक्रममा सामाजिक अभियान्ता लक्ष्मी शर्माले सहजिकरण गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...