शिक्षामा सुधारको लागी जनचेतना जरुरी :अध्यक्ष यादव

  • असार ८, २०७९
  • ७३७ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स / सिरहा ।सिक्षामा सुधार गर्न समाजमा जनचेतनको जरुरी बताए । गैर अवासिय नेपाली सँघ साउदी अरब द्वारा आयोजित एक कार्यक्रममा सिरहा बिष्णुपुर गाउँपालिकाको अध्यक्षले शिक्षामा सुधार गर्न समाजको हरेक तह तप्काकामा जनचेतनाको जरुरी रहेको बताएका हुन । अस्ति सोमबार बिष्णुपुर गाउँपालिका वडा न.१ स्थित सहिद राजेश ठाकुर अधारभुत बिदालयमा आयोजित छात्र छात्राहरूलाई पोशाक बितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष सत्यनारायण यादवले , शिक्षाको स्तरोन्नतिको लागी पालिका भित्रको हरेक बिदालयको प्रधानाध्यापक ,ब्यबस्थापन समिति र अबिभावकहरु सँग समन्वय सहकार्य गरि बिदालयहरुमा रहेको शिक्षकको कमि र शैक्षिक कमजोरीहरुलाई मुल्यांकन गर्दै शिक्षक निउक्ती प्रक्रियालाई अगाडि बढाउनु पर्ने धारणा औंल्याए ।यसको लागि हामी सबै सँघ संस्था सरोकारवालाहरुको उतिकै जिम्मेवारी रहेको बताए । अध्यक्ष यादवले गैर अवासिय नेपाली सँघले पनि शिक्षा सुधारको लागी गरिदै आएको कार्यक्रमलाई थप निरन्तरता दिन गैर अवासिय नेपाली सँघ साउदी अरबका अध्यक्ष डमर यादव सँग आग्रह गरे । उहाँले आग्रह गर्दै भने पालिका समेतको सहयोगमा सँघ संस्था सँग समन्वय गरि यस्ता कार्यक्रम निरन्तर बढिरहने बताउनुभयो। कार्यक्रममा गैर अवासिय नेपाली सँघको अध्यक्ष डमर यादवले सिक्षाको स्तर खस्केको छ। यसको स्तरोन्नतिको लागि अबिभाबक पनि उतिकै जिम्मेवार रहेको बताए । IMG20220620175744 अवासिय सँघका अध्यक्ष यादवले निजि र सामुदायिक बिदालयहरुको स्तरलाई तुलनात्मक रुपमा आँकलन गर्दै छात्र छात्राहरूको प्रोत्साहनको लागि कतै ब्याग त कतै पोशाक बितरण गरिदै आएको बताए । कार्यक्रममा गाउँपालिका अध्यक्ष सत्यनारायण यादवले गैर अवासिय नेपाली सँघ साउदी अरब द्वारा आयोजित पोशाक बितरण कार्यक्रममा खुशी ब्यक्त गर्दै अध्यक्ष डमर यादव सहित सँघलाई धन्यवाद तथा बधाई ज्ञापन गरेका थिए ।कार्यक्रममा वडा जनप्रतिनिधिहरु लगायत विभिन्न समाजसेवी, बुद्धिजीवी, पत्रकार ,अबिभाबक र विद्यार्थी बालबालिकाहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...