हेल्लो सरकार ! मुल्य वृद्धि कम गरौं । मुद्रास्फीति अन्त गरौं

  • असार ९, २०७९
  • ५०८ पटक पढिएको
  • राम पुकार यादव
alt

हेल्लो सरकार ! अब अति हुँदै छ । राज्य अव्यवस्थित तरिका बाट प्रवाह भैरहेको छ । मौद्रिक निति र कार्यनयनमा ध्यानाकर्षण गराउन चाहन्छु । बजार भाउ अस्तब्यस्त अबस्थामा छन । वस्तु तथा सेवाको मूल्यमा भएको वृद्धिले सर्बसधारन पुरै मारमा देखिन्छ । मानिसको दैनिक दिनचर्या कठिन भएको छ । दैनिक उपभोग्य बस्तु लगायत सेवा प्रदायक हरेक बस्तुको मुल्य चरम सिमा नाघिँदै गरेको छ। अधिकतम मूल्य वृद्धिले सर्बसधारनलाई यातायात देखि लिएर खान पिउन लाउन समेत कठिन भएको महसुस गरिदै छन जनता । सर्वसाधारणले दैनिक जिननमा प्रयोग गर्ने समग्र वस्तु र सेवाहरुको औषत मुल्यमा वृद्धि हुँदै मुद्रास्फीति पनि चरम सिमा पार गर्ने ठुलै संकेत भैसकेको कसै बाट लुकेको छैन । र यस वृद्धिको निरन्तरता पनि देखिएकै हो । मूल्य वृद्धि पछिको यस वृद्धिमा निरन्तरता नै मुद्रास्फीति हो । यसलाई न्यूनीकरण को अभ्यासमा जुट्नु राज्यको कर्तव्य हो । यदि यसमा राज्य र राज्यका पदाधिकारीहरुले जिम्मेवार देखिएन ब्जने त्यो नै तिनीहरुको असफलता हो । असफल सरकार जनताको बोझनै हो । मात्र नेता र प्रतिनिधिहरुको जीवन सफलताले राज्य भित्र रहेको आम समुदायहरुको कल्याण हुदैन । यो पाठ गला घोक्न नसकेकाहरु राज्यको दिशा निर्देश र मार्गदर्शक पक्कै नहुने भएको ले आ आफ्नो राजिनामा समयमै दिएर राज्यको कुशल नेतृत्वको आवश्यकता महशुस गरिदै छन जनता। इन्धन को भाउ वृद्धिको कारण यातायात ढुवानीको मूल्य वृद्धि स्वभाबिक हो । जब ढुवानी मुल्री वृद्धि हुन्छ तब दैनिक उपभोग्य बस्तु र सेवाको मुल्य वृद्धि स्वाभाविक हो । जहाँ यी दुई कुराको मुल्य वृद्धि हुन्छ ,त्यहाँ कम्पनीले निर्माण गर्ने हरेक उपभोग गर्ने बस्तु दाल ,चामल, तेल ,मसाला लगायत किसानको उत्पादन गर्ने खाद्य बस्तुहरुको मुल्य वृद्धि हुन्छनै यसले आम सर्वसाधारण पीडा र मारमा खेपिदैछ। चरम मूल्य वृद्धि र यसको निरन्तरताले ल्याउने/ल्याएको मुद्रास्फीति समाज देश बिकासको लागि अभिशाप नै साबित हुन्छ । यहि अबस्था रहि रह्यो भने उत्पादन र आपूर्ति बढाउन गाह्रो हुन्छ। अनि मुद्राको क्रयशक्ति अति कम हुँदै जान्छ । बस्तु भाउ महँगो हुन्छ। धेरै पैसाले थोरै बस्तु खरिद गर्न कठिन हुन्छ। अन जनता सडक तताउन बाध्य हुन्छ। सम्पुर्ण देश र जनता अस्तव्यस्त हुन्छ। पछि बिकासको परिकल्पना त के पुरानै शताब्दी मा फर्किएला कि ?

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...