मानवअधिकार वर्ष पुस्तकको अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न

  • असार ९, २०७९
  • ५०८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स समाचारदाता / विनोद मण्डल आषाढ ९ । सिराहाको लाहानमा नेपाल मानअधिकार वर्ष पुस्तक २०२३ को अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । मानवअधिकार संरक्षण केन्द्र सिरहाका देवराज पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा ईलाका प्रहरी कार्यालय लहानका डिएस्पी कुमार प्रसाद मैनाली लहानका उपमेयर राम चलितर महतो लगायत जिल्लाका पत्रकारहरुको सहभागिता रहेको थियो । २०२२ को जनवरीदेखि असार ७ सम्म जिल्लाका विभिन्न ठाउँहरुबाट संकलित करिब ४२ ओटा घटनाहरूको समिक्षा गरिएको कार्यक्रममा जिल्लाका इन्सेक प्रतिनिधि दुर्गा परियारले प्रस्तुत गर्नुभए अनुसार जिल्लामा आफनै परिवारबाट २ जनाको हत्या , अन्य पक्षबाट ६ हत्या , राज्य पक्षबाट दुर्यव्यवहार १ , बालिका बलात्कृत घटना ६ , बालिका बलात्कृत प्रयास ३ , महिला बल्तकार ८ , आगजनी १ , तोडफोड १ , आत्महत्या १ , बहुबिबाह १२ गरी जिल्लामा करिब ६ महिनामामा करिब ४२ मानब अधिकार उलङ्घनका घटनाहरू भएको समीक्षा कार्यक्रम मार्फत जानकारी गराइएको थियो । कार्यक्रममा अधिकांश वक्ताहरुले विगत ६ महिनामा बालबालिका तथा महिलाहरु हिंसामा परेको बताउँदै यसको लागि जिल्लाका संघ संस्था तथा सञ्चारकर्मीहरुको सहयोग अावायक भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...