बैदेशिक रोजगारीमा गएका शाह दुबईमा अलपत्र

  • असार ९, २०७९
  • १२०६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

विनोद मण्डल आषाढ ९ । बैदेशिक रोजगारीमा दुबई पुगेका एक नेपाली अलपत्र परेका छन् । सिरहाको धनगढीमाई ३ कुर्वा हनुमाननगर घर भई हाल बैदेशिक रोजगार अन्तर्गत bait all jound order delivery company मा बाईक राइडरको काममा गएका विसुन देव शाह करिब ६ महिनादेखि काम नपाएर विदेशमा कोठामा कोचिएर बस्न विवश भएको बुझिएको छ । करीब चार लाख साठी हजार रकम तिरेर विदेश गएका शाहको घर रिनले डुब्ने अवस्था एकातिर रहेको छ भने अर्कोतिर उनी उद्दारको प्रतिक्षामा बसीरहेका छन् । उनलाई विनोद कुमार दास नामको एजेन्टले करिब ६ महिना अगाडि दुबई पठाएका थिए । एजेन्टलाई पीडितका घर परिवारले पटक पटक उद्दारको लागि पहल गरेता पनि असफल भएको अवस्था रहेको छ । एजेन्टको नंबर 9862844915 रहेको छ भने 0565814522 पीडितको नंबर रहेको मिथिलेश कुमार महतोले जानकारी दिएका छन् । नेपाल स्थित बैदेशिक रोजगार बोर्डको सचिवालय बबरमहल काठमाण्डौको नमबर 014220311 ,014220433 रहेको छ।

प्रतिक्रिया दिनुहोस

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...