५-११ बर्ष उमेरको बालबालिकालाई कोभिड-१९ विरुद्धको फाइजर खोप लगाईदै

  • असार १४, २०७९
  • ६०७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहामा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई आईतबारबाट कोभिड–१९ विरुद्धको खोप लगाईने भएको छ । स्वास्थ्य कार्यालय सिरहाले असार १२ गतेदेखि १७ गते सम्म दुई चरणमा पालिकाले तोकेको विद्यालय वा खोप केन्द्रहरुमा दुई चरणका खोप लगाउन सुरु गरीएको हो। पहिलो चरण असार १२ गते १४ गतेसम्म गोलबजार, धनगढीमाई, सुखिपुर नगरपालिका, अर्नमा, औरही, भगवानपुर, वडियारपट्टी, नगवाराजपुर र लक्ष्मीपुर पतारी गाउँपालिकामा खोप केन्द्र सञ्चालन भईरहेको स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले बताए । त्यसैगरी दोस्रो चरण असार १५देखि १७ गतेसम्म सिरहा, लहान, कल्याणपुर, मिर्चैया नगरपालिका र नरहा, सखुवानन्कारकट्टी, विष्णुपुर गाउँपालिकामा खोज सञ्चालन हुने स्वास्थ्य कार्यालयले बताएको छ। सोही क्रममा खोप पूर्णरुपमा सुरक्षित, प्रभावकारी र नेपाल सरकारले निःशुल्क उपलब्ध गराएको स्वास्थ्य कार्यालय प्रमुख यादवले बताए। उनले भने, ‘यो ५ देखि ११ वर्ष सम्मका बालबालिकाका लागि लगाईने जर्मन तथा अमेरिकाले संयुक्त रुपमा उत्पादन गरेको फाईजर खोप सुरक्षित र प्रभावकारी छ, सवैजनाले आफ्ना बालबालिकालाई ढुक्क भएर लगाउँन अनुरोध छ।’ यसैबीच, उनले खोप लगाएका बालबालिकामा केही स्वास्थ्य समस्या देखिए नआत्तिन र समस्या जटिल बन्दै गए अस्पताल जाने आग्रह छ। जिल्लाको सिरहा प्रादेशिक अस्पताल र रामप्रसाद उमाप्रसाद स्मारक अस्पताललाई रेफरल सेन्टरको रुपमा व्यवस्था गरिएको जनाए। जिल्लामा रहेका ५ देखि ११ वर्ष उमेर समूहका एक लाख तीन हजार बालबालिलाई खोप लगाउन ५६८ जना स्वास्थ्यकर्मी परिचालन गरिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...