धनगढीमाई १४ मा टेलिफोन नेटवर्क अभाव नेपाल टेलिकम सिराहा बेखवर

  • असार १४, २०७९
  • ५७२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 विनोद मण्डल आषाढ़ १४ । सिराहाको धनगढीमाई १४ भौगोलिक रूपमा विकट मानिन्छ । नेपाल सरकारले विकट नेपालको पहाडी जिल्लाहरूमा भौतिक पूर्वाधार निर्माण गरेको छ जनताले सामान्य सुविधाहरु प्राप्त गरिरहेका छन् तर सिरहाको धनगढीमाई १४ का बस्तीहरूमा नेपाल सरकारको हालसम्म ध्यान नपुग्नु चिन्ताको विषय बनेको छ । सञ्चारको सुविधा सरकारले कागजमा घोषणा गरेतापनि यस ठाउँमा हालसम्म मोबाइलमा नेटवर्क छैन भने अर्कोतिर टेलिफोन टावरको अभावमा यहाँ भएका मोबाइलहरु थन्किएका छन् । नेटवर्क समस्या समाधानको लागि नेपाल टेलिकम सिराहा लहानले स्थानिय जनतालाई झुठा आश्वासन दिएर ढाँटिरहेका छन् भने यता टेलिकम सिराहा लहानको टावरको निर्माणको लागि खरिद गरेको वा खरिद गर्न बाकी रहेको प्राविधिक सामग्रीको नाममा खेलबाजी गरेको वर्षौ बितिसक्दा पनि मौन बस्नुको कारण के होला ? स्थानिय जनतालाई टेलिकमले कहिलेसम्म ठग्ने ? यिनै प्रश्नहरू खडा गरेर पन्छिदै आएको टेलिकमले अब वर्षाको बहानामा कालोबजारी गर्ने प्रवल सम्भावना रहेकोले बन्द कोठामा बसेर संसारको कुरा गर्ने सिराहा टेलिकमलाई धनगढीमाई १४ मा स्थलगत अध्ययन गर्न जरुरी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...