मधेस प्रदेशको स्वास्थय जोखिममा :स्वास्थ्य निर्देशक झा

  • साउन २, २०७९
  • ११६१ पटक पढिएको
  • राम पुकार यादव
alt

 प्रदेश टाइम्स /सिरहा । नेपालको विभिन्न प्रदेशहरु मध्य मधेस प्रदेश स्वास्थयको क्षेत्रमा जोखिममा रहेको छ । जिल्ला खोप समन्वय समिती तथा स्वास्थ कार्यालय सिरहा द्वारा आयोजित सिरहा जिल्ला पुर्ण खोप शुनिश्चतता तथा दिगोपन घोषणा सभा पश्चात् स्वास्थय कार्यालय सिरहाको हलमा राखिएको पत्रकारहरु सँगको अन्तरक्रीया कार्यक्रममा बोल्दै मधेस प्रदेश स्वास्थ्य निर्देशक बिजय कुमार झाले हाम्रो मधेस प्रदेशको स्वास्थय अबस्था जोखिममा रहेको बताएका हुन । निर्देशक झाले , थोरै क्षेत्रफलमा धेरै जनघन्त्व रहेको मधेस प्रदेशमा करिब एकसठि लाख जनसंख्या बसोबास गरिरहेका बिचार राख्दै भने जम्मा जगाको ६ प्रतिशत मधेस प्रदेशमा छन जहाँ एक स्क्वायर प्रति किलोमीटरमा ६ सय छ्तिस जना बसोबास गरिरहँदा त्य्स अधार अथवा जनसंख्या अधारमा नै औषधि उपचारको सामाग्री र बिरामी जांच्ने स्पेशल साधन सामाग्रीको ब्यबस्थापन गरि नसक्नु स्वास्थ्य क्षेत्रमा गम्भीर जोखिम रहेको बताए ।निर्देशक झाले , मधेस प्रदेशको ठुलै जनघन्त्व तथा खुला सिमा नाका सहित प्रतिकुल मौसम र बाढी पहिरोको कारण विभिन्न किसिमको सर्ने र नसर्ने रोगहरु सजिलै निम्तिदै गरेको प्रती चिन्ता व्यक्त गर्दै स्वास्थ्य क्षेत्रमा देखिएको चुनौती र जटिलता उछिन्न मधेस प्रदेश लगायत केन्द्रिय सरकारको पनि जबाफदेहिता उत्तरदायित्व पनि उतिकै हुनु पर्ने धारणा व्यक्त गरे ।उहाँले मधेस प्रदेशले स्वास्थ क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर जनतालाई सेवा उपचारको लागि नियाली रहँदा पनि केन्द्रिय सरकारको यस क्षेत्रमा लगानी फितलो रहेको भन्दै मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा हेर्ने दृस्ठिकोण साकारात्मक नरहेको बताए । स्वास्थ्य कार्यालय सिरहाको प्रमुख कृष्ण देब यादवको अध्यक्षतामा राखिएको पुर्णखोप सम्बन्धि पत्रकारहरु सँगको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य क्षेत्र ,रोग र रोगहरु सँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउन पोषण सम्बन्धि जानकारी समेत गराए । निर्देशक झाले कुपोषणका कारण बच्चा र महिलाको ज्यान जोखिममा रहि सुरक्षीत मातृत्वमा कमि रहेको जनाए । कार्यक्रममा बरिस्ठ पत्रकार देब कुमार यादव सहित जिल्लाका बिसौ जना पत्रकारहरुको उपस्थित रहेको थियो। (: कार्यक्रम पश्चात् प्रदेश टाइम्सले मधेस प्रदेशको स्वास्थ्य निर्देशक बिजय कुमार झा सँग लिएको सानो एक अन्तरवार्ता र खोप सम्बन्धि आयोजित पत्रकारहरु सँगको अन्तरक्रिया बाट समाचार बनाईएको छ )

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...