सिरहाको पटहेर्वाबाट लागु औषध सहित एक जना पक्राउ

  • कार्तिक ५, २०७६
  • २६३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहाको पटहेर्वाबाट लागु औषध सहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हे.क्वा. सिरहाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक योगराज दाहालको कमाण्डमा ७ जनाको गाडी मोवाईल टोलीले मंगलबार साँझ ६ः४५ बजेको समयमा सिरहा नगरपालिका वडा नं. १७ पटहेर्वा स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको स.१०प. ६८९७ नम्बरको २२० पल्सर मोटरसाइकलमा सवार उदयपुर जिल्ला कटारी नगरपालिका वडा नं. ३ बस्ने करिब ४५ वर्षीय बिजेन्द्र तामाङ्गलाई चेकजाँच गर्दा १०० एमएलको Dialex-DC नामक लागुऔषध कोरेक्स ९० बोतल सहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हे.क्वा. सिरहाका सप्रनाउ योगराज दाहालले बताएका छन् । पक्राउ परेका बिजेन्द्र तामाङ्ग, पल्सल २२० सिसि मोटरसाइकल, रेन्वो मोवाइल एकथान, घडी एकथान सहित थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हे.क्वा. सिरहाका सप्रनाउ योगराज दाहालले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...