नेकपा एस धनुषाको क्षेत्र न.१ अन्तर्गत प्रदेश सभा निर्वाचन क्षेत्र "क" र "ख" को निर्वाचन कमिटी तय

  • भदौ ७, २०७९
  • ५०३ पटक पढिएको
  • राम पुकार यादव
alt

 राम पुकार यादव/सिरहा । माधब कुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले धनुषा क्षेत्र न.१ अन्तर्गत रहेको प्रदेश सभा निर्वाचन क्षेत्र "क" र "ख" को निर्वाचन कमिटी तय गरेको छ । नेकपा एस धनुषाले सोमबार ६ गते सुशील साहको अध्यक्षतामा बैठक सम्पन्न गर्दै प्रदेश सभा निर्वाचन क्षेत्र क र ख को समिति तय गरेको हो । पार्टी पोलिट ब्युरो सदस्य तथा मधेस प्रदेश कमिटिका सचीव सुधिर साहको बिशेश उपस्थितिमा रहेको बैठकमा धनुषा क्षेत्र न. १ प्रदेश सभा निर्वाचन क्षेत्र "क" मा श्री प्रसाद यादव संयोजक र कमलेश कुमार राय सचीव रहने गरि भूगोल भित्रको जिल्ला सदस्यहरु,क्षेत्रीय सदस्यहरु वाडा कमिटी अध्यक्ष र वडा सदस्यरु लगायत ७५ सदस्य निर्वाचन कमिटी तय गरेको छ । त्यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र न. "ख" मा रामबाबु यादव संयोजक रहने गरि भूगोल भित्रका जिल्ला कमिटी सदस्यहरु ,क्षेत्रीय कमिटी सदस्य वाडा कमिटी अध्यक्ष वाडा कमिटी सदस्यहरुलाई समेटी ७५ सदस्य समिति चयन गरेको छ । कार्यक्रममा पार्टी केन्द्रिय परिषद ,प्रदेश कमिटी सदस्य तथा जिल्ला कमिटी वडा कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...