नेपाल सद्भावना पार्टीकी पूर्वनेतृ सरिता गिरीले सिरहा क्षेत्र न.१ बाट लडने

  • भदौ ९, २०७९
  • ३१० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

लहान । नेपाल सद्भावना पार्टीकी पूर्वनेतृ सरिता गिरीले प्रतिनिधिसभा सदस्यका लागि सिरहा १ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् । उनले बिहीबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत सो घोषणा गरेकी हुन् । ‘म सिरहाको १ नम्बर निर्वाचन क्षेत्रबाट सांसद पदका लागि निर्वाचन लड्न गइरहेको छु । यो आधिकारिक घोषणा हो,’ गिरीले लेखेकी छन् । गिरीले आफूलाई सहयोग गर्न सबैसँग आह्वानसमेत गरेकी छन् । गिरीले हिजो बुधबारमात्र नेपाल सद्भावना पार्टी परित्याग घोषणा गरेकी थिइन् । नेपाली कांग्रेस नेता स्वर्गीय प्रदीप गिरिको चाहनाअनुरुप आफूले पार्टी परित्याग गर्ने निधो गरेको उनले बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...