स्वछ र सुन्दर समाजको परिकल्पनाको लागि सुशासन जरुरी ।

  • भदौ १२, २०७९
  • ३५५ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव  सुशासन हरेक मानिसको मनमस्तिष्क बाट हटेको देखिन्छ । समाजमा सुशासन चिल्लाएर आउँदैन । यो मानिसले साकारत्मक सोचले गरेको असल कामहरुको नतिजा बाट आउँछ । जुन सदैव राम्रो देखिन्छ । दृघ हुन्छन । तर अहिेलेको समाजमा दृघ होइन मानिस अल्पकालिन खुशिको लागि सत्ता स्वार्थ ब्यक्तिगत तथा परिवारिक खुशिको लागि समय ब्यतित गरेको पाइन्छ । जुन समाज र देश बिकासको निमित्त होइन । एक अभिशाप नै हो । जसले शुसासनको अधार स्तम्भहरुलाई कमजोर बनाउनमा मदत गर्छ । हालै सिरहाको बिभिन्न स्थानिय तह तथा सरकारी कार्यालयहरुमा भैरहेको सार्वजनिक पद दुरुपयोग गर्नेमाथि कारबाही, सार्वजनिक क्षेत्रमा पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचार, सेवाका लागि दिनुपर्ने घूस, सरकार, न्यायालय र सांसदहरूले गर्ने पदको दुरुपयोग, व्यापार–व्यवसायमा भ्रष्टाचार, राजनीतिक क्षेत्रमा जवाफदेहिताजस्ता विषय सर्वेक्षणका आधार हुन्र । यीमध्ये यहाँको स्थानिय तहरु लगायत राज्यकोे यस वर्ष स्थिति खस्किएको हो । आयात–निर्यात, सार्वजनिक सेवा, कर भुक्तानी, ठेक्कापट्टा र न्यायका लागि दिनुपर्ने घूसका विषयवस्तुमा नेपाल खस्किएको सिमा रेखामा देखिन्छ र । स्थानियतहहरुमा कर्मचारि र जनप्रतिनिधिहरुको मिलोमतोमा भ्रस्टाचार भएको प्रमाणहरु त्यस स्थानिय तहहरुमा देखिएको अत्यधिक बेरुजुहरु बाट नै साबित हुन्छ । यसको अलावा पनि धेरै स्थानियतहहरुमा कागज मिलाएरै बजेटको पैसा हिनामिना गरेको तथ्य समाजिक संजाल तथा पत्रपत्रिका, रेडिया,े एफएम, टेलिभिजन जस्ता समाचारका साधनहरु बाट नसुनेको नदेखेको होईन । आथिक अनियमितता गर्ने खासगरि शिक्षा,स्वास्थ,बिपद कार्यालय संचान र आन्तरिक आम्दानि जस्ता बजेट शिर्षक हो । हुन त बिकासका बजेटहरुमा अनियमितता नगर्ने होइन । त्यहाँ कम बेस कमसल बिकास गरि अनियमितता गरेको हुन्छ । तर खासगरि शिक्षा,स्वास्थ,बिपद कार्यालय संचान र आन्तरिक आम्दानि जस्ता बजेट शिर्षकहरुमा कामै नगरि कागज मिलाई रकम दुरुपयो गरेको हुन्छ । यी क्षेत्रहरुमा कडाइका साथ आन्तरिक लेखा परिक्षणका साथै महा लेखा परिक्षण हुनु पर्ने देखिन्छ ।
न राजनीतिमा भ्रष्टाचार घटेको कसैलाई भान छ न कर्मचारीतन्त्रमा।सिंहदरबार पालिका–पालिकामा जाँदा सेवाग्राहीलाई फाइदा पुग्नुपथ्र्यो, सुशासन बढ्नुपथ्र्यो । त्यहीँ स्रोतको दोहन बढ्योर । सिंहदरबारको अधिकार मात्र पुगेन, भ्रष्टाचारको रोग पनि सर्यो । उनीहरूलाई व्यवस्थित गर्ने कुनै संयन्त्र छैन । उनीहरूका कामकारबाही कसैको प्रत्यक्ष अनुगमनमा छैन । राजनीतिक अधिकार त पाएका छैनन्, राजनीतिक संस्कार पनि सिक्न सकेका छैनन्र ।भ्रष्टाचारको जड चुनावी खर्च हो। राजनीतिमा लगानी भएको धनको अनुसन्धान भएकै छैन । बाहिर थुपारिएको कालो धन र स्वार्थसँगै भित्रिएको विदेशी लगानीको खोजबिन भएको छैन। अख्तियारको अधिकार ठूलो भए पनि संरचना सानो छ, क्षमता थोरै छ । लोकतन्त्रको स्थायित्वका लागि भ्रष्टाचार कम हुनै पर्छ । पैसा र पाखुराका भरमा चुनाव जित्ने स्थिति अन्त्य गरिनुपर्छ। प्रदेश र संघमा खर्चको सीमा तोकिए पनि उम्मेदवारले गर्ने खर्च कसैले छानबिन गर्दैन । राजनीतिक दलसम्बन्धी कानुन पनि भ्रष्टाचार घटाउने गरी परिमार्जन गरिनुपर्छ। अपराधी र कालो धनवालाहरूको दलमा प्रवेशलाई बन्देज लगाइनुपर्छ। सुधारका लागि जनदबाब चाहिन्छ । सरकारले रहरले गर्दैन, कर गर्नुपर्छ । लोकतन्त्र बलियो बनाउन भ्रष्टाचार घटाउनै पर्छ । भ्रष्टाचार भाषणबाट होइन, आचरणबाट कम हुन्छ । स्वछ र सुन्दर समाजको परिकल्पनाको लागि सुशासन र शासन सही हुनुपर्छ । नभएसम्म देश सुन्दर हुन सक्दैन ।

 

 

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...