टिकटकका छाडा प्रस्तुतिकरण र असभ्य उन्मादहरुलाई कानुनको उचित परिधिभित्र ल्याईनु जरुरी देखिन्छ

  • भदौ १५, २०७९
  • ४५२ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव / सिरहा ।टिक टकका लागी दोहोरो अभियान एकातिर टिकटक बन्द गराउन युवाहरको एक जमात विभिन्न सरोकारवाला निकायमा ज्ञापन बुझाउदैं अर्कोतिर समाजिक संजालकै माध्यम बाट अश्लील असभ्य अशब्द गाली गर्दै युवा र युवतिहरु । टिकटकलाई उनिहरु दिनचर्या नै सम्झिन्छ । चाहे यसको असर नाकारात्मक किन न हो । टिकटक ब्यान्ड अभियान प्रती खनिदै छाडा रुपमा प्रस्तुत हुदैछन समाजिक संजालमा युवा र युवतिहरु। उनिहरु सिमा भन्दा पनि बढी उतेजक र टिकटक प्रती आफ्नो क्रेज देखाएक छन । उतेजनामुलक तथा बिकृतियुक्त टिकटक हाम्रो समाजको कुनै पाठ्यक्रममा पर्ने होइन । टिकटक हाम्रो समाजमाको कुरुतिकै रुपमा देखिएको छ । संस्कृतिलाई नुक्सान पार्ने यश किसिमको टिकटकलाई सरकारले ब्याबसायिकरणका अधार दिन सकिन्छ त ? होइन यसलाई नेपाल भित्र अबैध नै मान्नुपर्छ । बन्द नै गराउनुपर्छ । टिकटकमा अधिकतम समय बर्बाद गर्छन् हाम्रै गाउँ शरका नानिहरु पनि ।उनिहरु आफ्नो पढाई लेखाईको कुनै प्रबाह नगरी अबिभाककै मोबाइल कतिखेर हातमा आउँछन ,मानसिकता बनाएर बसेको हुन्छन । मोबाइल हातलाग्न बितिकै उनिहरु टिकटकमा समय बर्बाद मात्रै होइन टिकटकमा प्रस्तुत भएका /गरेका असभ्य अश्लीलताहरु पनि अंगाल्छन कतिले । यसलाई संस्कृति माथिको चोट नै बुझ्नुपर्छ । हालसम्म देखिएको सुनिएको र बुझिएको समाजिक प्रभाव र असरहरुबाट यो बुझ्न सकिन्छ । टिकटकले साना साना बालबालिका देखि युवा युवतिहरु समेतको मानसिकतामा नाकारात्मक असर गर्ने गर्छ । स्कुल कलेजका छात्र छात्रा पनि सोभिएको हुन्छन् टिकटकमा तर उनिहरुको भबिस्य सोभिने कुरो पक्कै हुदैन । कोरा कागजका ती छात्र छात्रहरु उतेजक टिकटक बाहेक त्यो टिकटकले उनिहरुकै संस्कृति संस्कारमा पार्न सक्ने नाकारात्मक असर र प्रभावहरु सम्म्को चेतना आइसकेको हुदैन । यी कारण र तत्वहरु उनिहरुको जिवनमा कुनै बेला झटकाको रुपमा आउन सक्छ ।जसलाई आकस्मिक दुर्घटना नै स्वीकार गरिनु पर्छ ।यी समाजले । बाहेक जसले उनिहरु लगायत आउने सन्ततिहरुको लागी दुर्भाग्य नै हुने छ । टिकटक बन्द र खुला आफ्नो स्थानमा छदैछ ।तर भन्ने अश्लील शब्द र छाडा प्रस्तुतीकरणले समाजिक संजाल असभ्य हुँदै छ । यसले समजमा कैयौं बिकृती र बिसंगती ल्याउने भएकोले संबंधित निकायहरुले तत्काल यश किसिमको समाजिक संजालमै प्रस्तुत भएर केटि समेतको छाडा प्रस्तुतिकरण र असभ्य उन्मादहरुलाई मध्य नजर गरि नेपाली नागरिकलाई नियम कानुनको सिमारेखा भन्दा बाहिर जान दिनु हुदैन । उनीहरलाई कानुनको उचित परिधिभित्र ल्याई ,सचेना सहितको कार्यबाही जरुरी देखिन्छ । असभ्य उन्मादहरुलाई कानुनको परिधिभित्र ल्यानु जरुरी ।
 
 
 
 
 
 
 
Ram Rijhan Yadav and 1 other
 

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...