सिरहामा जसपाका दर्जनौं नेता कार्यकर्ता सहित लोसपामा प्रवेश

  • भदौ १९, २०७९
  • ५०६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स १९ भाद्र सिरहा  । सिरहा जिल्लामा जनता समाजवादी पार्टी नेपाललाई ठूलो धक्का लागेको छ । जसपाका दर्जनौं नेता कार्यकर्ता पार्टी परित्याग गरी लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । सिरहाको निर्वाचन क्षेत्र नं. ३ र ४ का सक्रिय नेता कार्यकर्ताहरु लोसपामा प्रवेश गरेका हुन् । आइतबार लोसपाको केन्द्रीय कार्यालयमा जसपाका प्रदेश सदस्य, जिल्ला सदस्य र नगर सदस्यसहित १५ जना नेता कार्यकर्ता पार्टी प्रवेश गरेका छन् । सिरहाका पवन कुमार भण्डारी, पचलाल महतो, परमेश कुमार साह, रामदयाल यादव, सुबोध कुमार सिंह, शैलेन्द्र ठाकुर, रोहित महतो, संजीव कुमार यादव, देवेन्द्र कुमार महतो, कुलानन्द झा, कुशेश्वर प्रसाद महतो लगायतले जसपा परित्याग लोसपाको सदस्यता ग्रहण गरेका छन् । नवप्रवेशीहरुलाई लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेता डा.सुरेन्द्र झालगायतले पार्टीमा स्वागत गरेका छन् । जसपा सिरहामा चरम गुटबन्दी, अवसरवाद हावी भएको भन्दै पार्टी परित्याग गरेको जसपाका मधेश प्रदेश समिति सदस्य संजीव कुमार यादवले आरोप लगाउँदै पार्टी परित्याग गरेका हुन् । उनले जसपा नेतृत्वले मधेशको एजेण्डाप्रति इमान्दारिता नदेखाएको र चाप्लुसी गर्नेहरुलाई बढी स्थान दिने गरेको आरोपसमेत लगाए । उनले मधेशको एजेण्डामा लोसपा मात्र इमान्दार रहेको भन्दै आफू लगायतका नेताहरु लोसपामा प्रवेश गरेको बताएका छन्

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...