पेट्रोल पम्पको एडजस्टर र डिस्प्ले बिगारेर तोकिएभन्दा कम पेट्रोल र डिजेल बेच्ने महतो फ्युल सेन्टरमा शिलबन्दी

  • कार्तिक ७, २०७६
  • ८४७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा, ७ कार्तिक ।  पेट्रोल पम्पको एडजस्टर र डिस्प्ले बिगारेर तोकिएभन्दा कम तौलको पेट्रोल र डिजेल बेच्ने महतो फ्युल सेन्टरमा बुधबार शिलबन्दी गरिएको छ ।

चोहर्वा-सिरहा सहायक सडकखण्डमा पर्ने सिरहाको विष्णुपुर गाउँपालिका ५ लक्ष्मीपुर चोकमा संचालित महतो फ्युल सेन्टरमा बुधबार जिल्ला प्रशासन, नापतौल तथा गुणस्तर कार्यालय विराटनगर तथा जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त अनुगमन टोलीले शिलबन्दी गरेको हो ।

 

जिल्ला प्रशासन कार्यालय सिरहाका सूचना अधिकारी कमल आचार्यले जिल्लाका विभिन्न ठाउँमा संचालित पेट्रोलपम्पको अनुगमन गर्ने क्रममा लक्ष्मीपुर चोकस्थित महतो फ्युल सेन्टरले पम्पको एडजस्टर र डिस्प्ले बिगारेर तौलभन्दा कम पेट्रोल र डिजेल बिक्री वितरण गरेको पाइएपछि तत्काल बिक्री वितरण समेत गर्न नपाउने गरी शिलबन्दी गरिएको बताए ।

महतो फ्युल सेन्टरबाट पेट्रोल दिइने पम्पको एडजस्टर बिगारेर पाँच लिटर पेट्रोलमा एकसय मिलिलिटर र डिजेल पम्पको डिस्प्ले बिगारेर पाँच लिटर डिजेलमा एक सय ४० मिलिलिटर कम बिक्री गरी उपभोक्ता ठगिरहेको सूचना अधिकारी आचार्यले उल्लेख गरे ।

‘पेट्रोलको एडजस्टर र डिजेलको डिस्प्ले बिगारेर तोकिएको तौलभन्दा कम पेट्रोल र डिजेल बिक्री वितरण गरी ग्राहकलाई ठगी गरेको भेटियो,’ उनले भने ‘संयुक्त अनुगमन टोलीले डिस्प्ले युनिट नाप तौल तथा गुणस्तर कार्यालयको जिम्मामा रहने गरी जफत गर्दै तत्काल पेट्रोल र डिजेलको बिक्री वितरण गर्न रोक लगाइएको छ ।’

 

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...