सिरहामा रुखमा झुन्डिएको अबस्थामा एक शस्त्रको शब फेला

  • भदौ ३१, २०७९
  • ६७० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा, ३१ भाद्र। सिरहामा सशस्त्र प्रहरीका एक जवानको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ। जिल्लाको सिरहा नगरपालिका २१ लगडीगोठ वीओपीमा कार्यरत उदयपुरको ताप्ली गाउँपालिका ३ का २६ वर्षिय गिरिजानारायण श्रेष्ठको शव फेला परेको हो। घटनाबारे पुष्टिगर्दै सशस्त्र प्रहरीबल ७ नम्वर गण हेडक्वार प्रमुख एसपी रमेश थापाले नेपाल प्रहरीलाई अनुसन्धानको जिम्मा लगाईसकेको जानकारी दिए। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले घटनाको प्रकृति मुचुल्का उठाउने कार्यभईरहेको भन्दै अनुसन्धान सुरुभईसकेको बताए। उनले विहान ६ः२५ बजेको समयमा घटना भएको र घटनाको प्रकृति मुचुल्का र अनुसन्धानका लागि प्रहरी खटिसकेको जनाए। विहान साथीहरुसँगै टिउटिकालागि निस्केका उनी सौचकोलागि जान्छुभन्दै निस्केको बताइएपनि घटनाबारे प्रहरीले अनुसन्धान भईरकेकोमात्र बताएको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...