गोलबजारमा न्यु ग्रीनल्याण्ड होटलको नयाँ व्यवस्थाप

  • असोज १, २०७९
  • २५३ पटक पढिएको
  • Ram Pukar Yadav
alt

गोलबजार, १ असोज। सिरहाको गोलबजारमा रहेको न्यु ग्रीनल्याण्ड होटल नयाँ व्यवस्थापन सहित सञ्चालनमा भएको छ। नयाँ व्यवस्थापन सहित सञ्चालनमा आएको होटलको गोलबजार नगरपालिकाका नगर प्रमुख श्याम कुमार श्रेष्ठल आज एक समारोहविच उद्घाटन गरेका छन्।होटल उद्घाटनको क्रममा मेयर श्रेष्ठले हामीले बिगत दिनहरुमा बिभिन्न कार्यक्रमहरु गोलबजारमा गर्दा बाहिरबाट आएको पाहुनाहरुलाई लहान, मिर्चैयामा लगेर राख्नु पर्ने अवस्था अव नरहने बताए। उनले भने, ‘अब गोलाबाजÞरमै नास्ता, खाना देखि सुविधासम्पन्न बासको व्यवस्था भएको होटलहरु खुल्न थालेपछि मलाई सारै खुशी लागेको छ, होटलको प्रगतिको समेत कामना गर्दछु।’उनले आउने दिनमा नगरपालिकाले गर्ने कार्यक्रमहरु लगायत पाहुँनाहरुलाई आफ्नो ठाउँमै भएको होटलमा राखने व्यवस्था गर्ने जनाए।त्यसैगरि कार्यक्रमका विशिष्ट अथिति प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले हाम्रो देशले जलस्रोेत, पर्यटन, खानिजन्य पदार्थलाई उपयोग गर्न सके चाँडै विकसित हुने जनाए। ‘नेपालको स्थिति हेर्दा कोरोना कालले गर्दा पर्यटन क्षेत्र बर्बाद पारेको थियो तर हामि कोरोना लाई जित्न सफल भयौं; उनले भने, ‘अव विस्तारै पर्यटन सहित सवै व्यवसाय लयमा आउँदै गरेको छ।’मन्तव्यकै क्रममा प्रमुख जिल्ला अधिकारी कावाडीले सिरहा जिल्ला तराइको पहिला देखिनै बिकसित रहेको बताए बताए।गोलबजार ब्यापार संघका उपाअध्यक्ष महेश साहले गोलबजारमा एउटा नमुनाको रुपमा न्यू ग्रीनल्याण्ड होटल रहेको बताए। उनले भने, ‘जुनसुकै व्यसायमा पहिलो भूमिका व्यस्थापनको हुन्छ, होटलले दिने सवै सुविधा राम्रो गोलबजार मात्र होइन जिल्लाकै लागि नमुना बन्ने निश्चित छ।’कार्यक्रममा इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर राजु केसी, सस्त्रका बल गोलबजार व्यसक्यम्पका प्रमुख सुर्य धमला, एबी मलका सीओ पिन्टु राउत, मलका म्यानेजर सुदिप राउत,सगरमाथा इन्सुरेन्सका साहायक प्रबन्धक नरेश जंग साह, न्यू ग्रीनल्याण्ड होटलका संचालक जिबछ साह लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...