अश्लीलताको उतेजनामा भरिएको समाज,अशिललता लाई प्रोत्साहित गर्ने कार्यबाहिको भागिदार हो

  • असोज २, २०७९
  • ८९५ पटक पढिएको
  • राम पुकार यादव
alt

 सिरहाको विभिन्न गाउँ सहर बजार अश्लीलताले झाँगिदै गएको छ । गाउँ गाउँमा यतिखेर पुजापाठ मेलाको नाममा अश्लीलता बिकृती बिसँगतिहरु लत्रीदै कुसंस्कारको जड मजबुत हुदै गएको छ प्रमपरागत रुपमा रहेको कला सँस्कृतिहरुलाई बिस्थापन गरिदै सँस्कृतिको आधुनिक बिकासमा देखिएको उतेजनामुलक नाचगान कला शैलीहरुले समाजमा नाकारात्मक छाप कायम गर्दै गइरहेको देखिन्छ । नाकारात्मक उतेजनामा नर्तकी नाचामा दर्शकहरू, ज्यु, ज्यानको प्रवाह नगरी झडप र भिडन्त पनि गर्ने गर्दछ । अनैतिक नाकारात्मक उतेजनाको बसिभुत भै उनिहरु हातखुट्टा तोड्ने टोडबाउने सम्मका कामहरू पनि गर्ने गर्दछ । जो उचित संस्कार ,मानिसको सकारात्मक सोच तथा समाजिक रुपान्तरणको बाधक नै हो । हालै असोज १ गते बिश्वकर्मा पुजाको अवसरमा बिष्णुपुर गाउँपालिकाको वाडा नम्बर ३ राजोखर बडकी पोखरीको डिलमा आयोजित आरकेस्ट्रा लबन्डिया नचाउँदै झडप भएपछि करिब एक दर्जन दर्शकहरू सहित समितिहरु घाइते भएका छन । घाइतेहरु कोहि बिराटनगर त कोहि सिरहा अस्पताल पुगेका छन । झडपकै निहुँमा एक जना स्वस्थका स्थायी कर्मचारी पक्राउ पनि परेका छन । पक्राउ पर्ने बिष्णुपुर गाउँपालिका स्थित वाडा न ३ मा रहेको अधारभुत अस्पताल राजोखरको डक्टर बिरेन्द्र कुमार मन्डल रहेको जानकारी भएको छ । आयोजक कमिटी माथी तुरुन्त कार्यबाही गरियोस । कार्यबाही गर्ने प्रहरी प्रशासनको फितलो शान्ति सुरक्षाको कारण सिरहाको विभिन्न गाउँ शहरहरु यतिखेर त्रसित नै भएको छ । समाजमा झगडा झडप विभिन्न स्वरुप र प्रकृती भैरहदा धेरै ठाउमा सरोकारवाला प्रहरी र तिनका जिम्मेवारहरु पनि दोषी हुन्छन् । राजोखरमा बिश्वकर्मा पुजाको अवसरमा साँस्कृतिक कार्यक्रम गरियो । आयोजक कमिटीले साँस्कृतिक कार्यक्रम गर्ने भन्दै जिल्ला प्रशासन कार्यालय सिरहमा आयोजक कमिटीका सन्तोष यादवले निबेदक बन्दै कार्यक्रम गर्न अनुमति माँगे ।   सिरहाको सिडियोले जिल्ला प्रहरी कार्यालय सिरहामा पत्र काटे । ततपश्चात जिल्ला प्रहरी सिरहाले पनि ईलाका प्रहरी बिष्णुपुरलाई साँस्कृतिक कार्यक्रमको नाममा राजोखरमा हुने नर्तकी नाछ लबन्डिया आरकेस्ट्रा नाचमा शन्ती सुरक्षा गरिदिने भन्ने आदेश गरिरहदा।नाचमा अश्लीलताको विरुद्धमा अवाज उठेपछि ।झडप र भिडन्त सम्म पनि भए ।जहाँ दर्जनौ घाइते भएका छन ।यसले सिरहाको जिम्मेवारहरु पनि दोषी नरहेको प्रशन खडा भएको छ । चाडपर्व पर्व तिहार उत्सब मनाउने तराई मधेसको मानिसहरूको लोक संस्कृति नै हो ।यसको रक्षा गर्दै वृद्धि बिकास गर्नु हामी सबैको परम कर्तव्य हो । तर यसकै नाममा अशिललता लाई प्रोत्साहित गर्नु । संस्कृति विरुद्धको अपराध नै हो ।त्यसैले यस घटनामा संलग्न सबै दोषी अपराधीहरुलाई कार्यबाही गर्नु सरोकारवाला निकायको दायित्व हो । यदि सरोकारवाला र शान्ति सुरक्षाका जिम्मेवारहरु नै चुक गरिएको छ भन्ने आत्मलोचना सहित कार्यबाहिको भागिदार हो ।जिम्मेवारहरुको माथिल्लो निकायलाई पनि कर्तव्य र जबाफदेहिताको बोध होस ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...