राम पुकार यादव÷१४ कार्तिक,बिष्णुपुर ।सिरहाको कर्जन्हा न.पा.२ बन्दिपुरमा बुधबार शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रमको सम्बोधन गर्दै संघिय सांसद राजकिशोर यादवले अहिलेको सरकार सुशासनको नाममा हत्यारा,भ्रष्टाचारी र बलत्कारीहरुलाइ संरक्षण दिरहेको र त्यसमा सरकार प्रतिपक्षि दल काँग्रेस पनि पाको नरहेको बताए । देशमा नेकपा र कागे्रसले २५ वर्षमा गर्न नसकेका कामहरु हाम्रा पार्टी राजपाले गरेर देखाउने संकल्प सहित अगाडि बढेको उनले बताए । हामी सुन्दर शान्त समुनन्त समृद्ध नेपाल र धनि नेपाली बनाउने तथा समतामुलक समाज निर्माणको बाटोमा रहेको स्पष्ट गरे । भु.पु. सुचना तथा संचार मन्त्रि समेत रहनु भएका राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले अहिले देशमा किसान र मजदुरको पार्टी भनाउने दुई तिहाईको कमयूनिष्टको सरकार रहदा नेपालि जनताले के पाएका छन ?अहिलेको सरकारलाई केन्द्रित गरी उहाँले,े १६ बर्षिय निर्मला पन्तलाई बलत्कार गरि हत्या,प्रधानमन्त्रि मस्त निद्रामा ब्युँझेको बेला भुमाफियाहरु बलुवाटारको जग्गा टुक्रा–टुक्रामा वितरण तथा बेचबिखन,३८–३८ क्विनटल सुन त्रिभुवन बिमान स्थलबाट सुनमाफियाहरुले सुन पार गर्नु र सरकार तथा देशका प्रशासन मौन भै मौजमस्ती गर्नु नेपालि जनताले उपहारको रुपमा त पाएका छन । तर्कयुक्त आरोप व्यक्त गरे । साथै दुई तिहाईको कमयूनिष्टको सरकार सुशासनको नाममा हत्यारा,भ्रष्टाचारी, बलत्कारी र भ्रष्टाचारमुतिmको नाममा भु माफिया,सुन माफियाको संरक्षक भएको आरोप लगाए ।यो सरकार नेपाली मुतिmकामी गरिब किसान जनताको सरकार हुन नसक्ने र नरहेको दावि गर्दै सांसद यादवले यो सरकार नेपालि जनतालाई झुठ अश्वासन,प्रलोभनमा पारी सतmा प्राप्तीको प्रपंचयुक्त भ¥याङ्ग जनतालाई मात्र बनाएको गम्भिर आरोप लगाए ।
कार्यक्रलाई सम्बोधन गर्दै जनताप्रति बफादार सांसद यादवले भने हाम्रा पार्टी कार्यकर्तालाई हतोत्साहित पार्ने हिसाबले बिपक्षि दलहरुले राजपा नेपाल क्षेत्रिय पार्टी हो हल्ला मचाई रहँदा यसले आफुलाई कुनै असर नपर्ने र कार्यकर्तालाई आत्मबल मजबुत राख्न सुझाएका थिए ।साथै आफ्ना पार्टी पुर्व मेची देखि पश्चिम महाकालि सम्म फैलाई सकेको बताए ।सो कार्यक्रममा बिभिन्न पार्टी प्रत्याग गरी तिन दर्जनको हाराहारीमा राजपा नेपालमा प्रबेश गरेका थिए ।
कार्यक्रको आयोजना राजपा नेपाल कर्जन्हानगरपालिका संयोजक लालदेब यादव (लाले) को अध्यक्षतामा भएको थियो भने उदघोषन शत्रुधन प्रसाद यादवले गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Pradeshtimesdainik.com - All rights reserved