'सबै नीतिको मूलनीति राजनीतिलाई शुद्ध गरौ'

  • असोज ३, २०७९
  • ३३० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

जीबछ उदासी लहान,असोज ३ गते हरेक नीतिको मूल नीति राजनीतिलाई स्वच्छ नबनाएसम्म समाजमा समृद्धि र न्यायको अनुभूति हुन सक्दैन । मंसिर ४ गतेको निर्वाचन जनताको भावना बुझ्न सक्ने र विकासको सपना साकार पार्ने योजना भएको नेताले जित्नुपर्छ । बिभिन्न सहाबका पगरीधारीहरुले पञ्चायत हाक्यो,बहुदल आएपनि अवसर पायो । अहिले हामी शिशु गणतान्त्रिक-लोकतान्त्रिक व्यवस्थामा छौ। लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुन्छ । हरेक प्रणालीको गुण र दोष हुन्छ । लोकतन्त्रलाई पनि परिस्कृत हुन समय त लाग्छ तर डिजिटल युगमा छोटो समयमा देखिएका दोषहरु हट्नुपर्छ । राजनीतिलाई शुद्धिकरण गर्न विचारको आधारमा दलहरुले नेता चुन्नुपर्छ । घोषणापत्रलाई पढेर मतदान गर्नुपर्छ । अहिलेसम्म न दलहरु दर्शन र विचारको आधारमा हिडन सकेको छ । न घोषणापत्रको आधारमा मतदाता मताधिकारको प्रयोग गर्छ । नेताको चयन उम्मेदवारको चयन मसल मनि धर्म जातिको आधारमा भइरहेको छ । यसले समाजको परिवर्तन संभव छैन । राजनीति सुन र हिराको व्यापार भएको छ । एक लाख लगानी गर्नु पाँच लाख कमाइ गर्नु । यसले गरीव झन् गरीब धनि झन् धनि भइरहेको छ । फेरि हरेक दलले समाजवादको रटान गर्छ । गर्नु पनि स्वभाविकै हो । संविधानको प्रस्तावनामा नै समाजवाद उन्मुख भनिएको छ । तर,समाजवादको आधारस्तम्भ के के हुन् ? यसबारे खोजी गर्दैन। नीतिलाई व्यवहारमा उतार्ने काम गरेको छैन् । हरेक संघीय क्षेत्रमा रहेको दुई प्रदेशसभा सदस्य र पालिकाहरुको बजेटलाई जोडदा प्रत्येक वर्ष अर्बमा वजेट आउँछन तर, काम करोडमा पनि भएको छैन । अहिलेसम्म भ्रष्टाचार गर्ने र कमिसन खाने प्रतियोगिता भयो तर इमानदारी र सदाचारको प्रतियोगिता हुन सकेन । कमिसनतन्त्रले लोकतन्त्रको गाला रेटिरहेको छ । पाँच वर्षमा हुने आवधिक निर्वाचनको बेला यसबारे मतदाताहरु सचेत हुन जरुरी छ । चुनावी प्रणालीमा यति विकृति छ कि उम्मेदबार हुन पैसा हुनेलाई प्राथमिकतामा राख्ने दलहरुको नियत बनिसकेको छ । दारु भारुको प्रयोग गरेर गरीव दलितको मत खरिद गर्न कुन बस्ती कतिमा खरिद गर्ने र खरिद गर्न सक्ने उम्मेदबार को फिट हुने यहि रबैयाले अर्बमा प्रत्येक निर्वाचन क्षेत्रमा आउने बजेट खर्च गरेर जित्ने दलीय नेता भ्रष्ट कर्मचारीतन्त्र र इमान गुमाएका उपभोगता समितिले संस्थागत भ्रष्टाचार गरेको कारण हाम्रो देश प्रदेश र समाजको विकास रुकेको छ । खासगरी मधेस प्रदेश यसको शिकार भएको छ । मधेश प्रदेशमा त कमिसन पहिले नै बुझाएर बजेट दिइने,लाखौंमा सिंगार्न सक्ने पोखरीमा करोडौ खर्चिने 'मुख्यमन्त्री बेटी पढाऊ,बेटी बचाऊ' पवित्र कार्यक्रम अन्तर्गत वितरण गरिएको साइकलमा भएको कमिसनले त झन् यस प्रदेशमा भ्रष्टाचालाई संस्थागत गरियो । शिक्षा,स्वास्थ्यमा त्यहि रबैया छ । कृषि आत्मनिर्भर हुन सकेन ।२०७२ को संविधानको प्रस्तावना र मौलिक हकको रुपमा रहेको धाराहरुलाई व्यवहारमा लागु गरेको भए देश र प्रदेशमा समाजवादको प्रत्याभुति जनताले गरि सकेको हुन्थ्यो । तसर्थ मंसिर ४ गतेको चुनावमा संविधानको भावना अनुसार काम गर्न सक्ने उम्मेदवारको चयन गरौ ना कि पुरानो गन्हाएका उम्मेदवारहरुलाई नै । हरेक दलमा उम्मेदवारको चयन गर्न नयाँ अनुहार र परिवर्तनकारी व्यवहार देखाउनेलाई टिकट दिन दबाब सृजना गरौ । किन गठबन्धन के को लागि गठबन्धन ?न्यायपालिकालाई तहस नहस गर्न,राष्ट्घाति एमसिसि र एसपीपी सम्झौता गर्न । हरेक दल आफ्नो दलीय दर्शनको आधारमा चुनावमा जाउ। चुनाव निष्पक्ष हुने वातावरण बनाउ । शेर बाहादुर देउवाको नेतथत्वमा गठबन्धन सरकार बनेपछि जनताले के पायो केपी ओलीको नेतृत्वमा सरकार रहँदा कति काम भयो? फरक छुट्याउन आवश्यक छ । राष्ट्रियता र समृद्धिको यात्रामा अघि बढिरहेको सरकार ढालेर प्रचण्ड र माधव नेपालले कति क्षति पुरयाउनुभयो ? चुनावको मुखमा मतदाताहरुले खोजीनीति गरेर मतदान गर्न आवश्यक छ । आज संविधान दिवसको दिन संविधानको मूल आत्मामा ठेस पुर्याउने भ्रष्टाचार नै हो । सेन्टिमेन्टमा बहकिएर हुँदैन । संविधानको मर्म भावना नै मजबुत राष्ट्रियता,समृद्धि विकास र सामाजिक न्याय तमाम विभेदको अन्त्य र समाजवादको दिशामा अघि बढ्नु हो र मूल नीति राजनीतिलाई शुद्धिकरण गर्नु हो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...