पर्यावरण जोगाउन कर्जन्हामा नियमित आन्दोलन

  • असोज ४, २०७९
  • ३०२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स समाचारदाता । सिरहाको कर्जन्हा नगरपालिकामा अवैध कमला नदि उत्खनन् ग्रावेल चोरी निकासी बन्द हुनुपर्ने भन्दै संयूक्त सर्वदलिय संघर्ष समिति कर्जन्हाले आन्दोलनलाई निरन्तरता दिएका छन् । किसान आन्दोलन जिन्दावाद मुलनारा सहित पर्यावरण बचाउँ अभियानमा लागेका नेतृत्वहरुलाई कर्जन्हा नगरपालिकाको किसान, यूवा, विद्यार्थी, समाजसेवी राजनीतिकर्मी लगायतका आम जनसमुदायहरुको साथ रहेको छ भने कर्जन्हा नगरपालिकाको विभिन्न स्थानहरुमा नाराका साथ र्याली निकाल्दै चर्को बिरोधमा उत्रिएका छन् । ग्राबेल, ढँुगा, अबैध चोरी निकासी बन्द हुनुपर्ने, बेचन शर्माको स्टोेकको उचित छानबिन र नियन्त्रण हुनुपर्ने, बाह्रै महिना कमला उत्तरवाहिनी नहर संचालन हुनुपर्ने, कमला ठेक्का बन्द हुनुपर्ने र कमला उत्खन्न बन्द हुनुपर्ने लगायतका विभिन्न मागहरु लिएर आफुहरु पटक पटक शान्तिपुर्ण आन्दोलन गरेपनि हाम्रो आन्दोलनको वेवास्ता गरेको संयूक्त सर्वदलिय संघर्ष समिति कर्जन्हाको संयोजक प्रभात महतोले रेडियो गंगाजललाई जानकारी दिए । आफुहरुको जायज मागको कुनै प्रकारले सम्बोधन गर्ने मनसायमा कर्जन्हा नगरपालिकाको नगर प्रमुख भोला प्रसाद पोखरेल नरहेकोले आफुहरु शसक्त आन्दोलनमा उत्रिन बाध्य हुने मंगलबार कोन सभालाई सम्बोधन गर्दै वक्ताहरुले बताए । विभिन्न चरणको शान्तिपुर्ण आन्दोलनका क्रममा मंगलबार कर्जन्हा नगरपालिकाको कार्यालय अगाडिनै चर्को घाममा अभियानीहरु माग सम्बोधन हुनुपर्ने माग राख्दा पनि नसुनेझै गरेकोले असोज ८ गते कर्जन्हा नगरपालिकाको बन्दिपुरमा थप आन्दोलनका कार्यक्रमहरु तय हुने र आन्दोलनमा हुने सबै क्षतिको जिम्मेवार समेत कर्जन्हा नगरपालिकाको प्रतिनिधीहरुले लिनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...