लोकरन्जनमा धर्म संस्कृति संकिर्तन भजन भाब मानिसको खुशी आनन्दको श्रोत,कला संस्कृति धरोहर हो: गापा अध्यक्ष यादव

  • असोज १९, २०७९
  • ९४३ पटक पढिएको
  • राम पुकार यादव
alt

लोकरन्जनमा धर्म संस्कृति संकिर्तन भजन भाब मानिसको खुशी आनन्दको श्रोत,कला संस्कृति धरोहर हो: गापा अध्यक्ष सत्यनारायण यादव । धर्म प्रत्यक्ष देख्न र छुन नसकिने अभौतिक भावना हो । संस्कृति प्रत्यक्ष देख्न, सुन्न र छुन सकिने भौतिक विषयवस्तु हो । यद्यपि संस्कृतिभित्र पनि अभौतिक भावना लुकेको पाइन्छ। धर्म मानिसको मन चित्तसँग अन्तर्सम्बन्धित विषय हो। संस्कृति रंगीचंगी रूप र शब्द तरंगसँग जोडिएको गहना हो । धर्मले मानिसको मलीन मन र अशुद्ध चित्तको शोधन गर्छ। संस्कृतिबाट मानिसले प्रत्यक्ष मनोरञ्जन प्राप्त गर्छ। सांसारिक प्रपञ्चबाट दुःखी भएको मानिस जब ऊ कुनै सांस्कृतिक कार्यक्रममा पुग्छ, त्यहाँको मनोरमता र दृश्यले ऊ एकाएक रमाउँछ। दुःख पीडा भुलेर खुसी हुन्छ। IMG20221004171446 1 आनन्दमय हुन्छ ।यसै आन्नन्दको सात्विक साधन हो जप तप भजन किर्तन धर्म प्रबचन । जुन बिष्णुपुर गाउँपालिका वाडा न.२ कौवाहा रामजानकी कुटिमा बर्षौ बर्ष देखि करिब पच्चिसौं बर्ष देखि हुँदै आएको छ । गाउँकै एक पुरहित मिथलेश झाले बताए । दर्जनौं साधकहरुले गरिदै आएको यश संकिर्तन लोकरन्जन कार्यमा यस गाउँको धेरै दर्शकहरु खुशी आन्नद लिने गर्दछ।रमाउँदछ। साधक भक्ती यादव,गोबिन्द श्रेष्ठ ,लक्षुमन यादव ,भरोसी यादव ,हरि यादव ,गोकुल श्रेष्ठ बिर्सिंग यादव ,राजदेब साह ,राम भजन यादव,तालेश्वर यादव ,लक्ष्मेश्वर यादव , राम देब यादव ,राम करन यादव ,रामदेव साह सहित कुटिको महन्थ महाबिर दास यादव लगायतले बताएका छन । यस पबित्र खाँकी बाबाको पुजनिय धर्म स्थल जहाँ गाउँकै धर्म साधकहरु मिठास लयमा राम नाम जप सहित भजन संकिर्तन गर्ने गर्दछ । गाउँमा संस्कार संस्कृति र धर्म प्रतिको मानबिय आस्था बिश्वास जनजनमा अनुभुती गराउँछ । यी सात्विक धर्म साधन संस्कृति संस्कार बचाउको निम्ति समर्पित रहेका साधकहरुलाई उर्जा दिन तथा प्रोत्साहन गर्न गाउँले समाजहरु उनिहरुलाई गम्छा गन्जी कपडा बस्त्रहरु प्रदान गरि सम्मान पनि गर्ने गर्दछ। जहाँ गाउँकै बृद्ध समाजसेवी बिशेश्वर यादव र राम विनय यादव सहितले बिजयादशमिको आठौं अषट्मिको दिन रामनाम जपका साधकहरुलाई गम्छा गन्जी प्रदान गरि सम्मान गरेको कौवाहाको एक युवा राम विनय यादवले बताएका छन । यस्तै बिष्णुपुर गाउँपालिकाको वर्तमान गाउँपालिका अध्यक्ष सत्यनारायण यादवले कला कौशल धर्म संस्कृति संस्कार रक्षा तथा बचाउको निमति पालिकाको हरेक वाडाहरुमा धर्म प्रयायन साधकहरु संग समन्वय सहकार्य गरि उनिहरुको मनोबल बढाउन उदाहरणीय भुमिकामा जुटेका साधकहरुले जानकारी गराएका छन ।अध्यक्ष यादव सनातन महान चाड बडा दशैंको आठौं दिन बिष्णुपुर गाउँपालिकाको वाडा २ कौवाहा रामजानकी परिसरमा नवमीको दिन आफै पुगेर साधकहरुलाई गम्छा गन्जिले सम्मान गर्दै धर्म संस्कृति प्रती दृढ संकल्पित रहन सम्पुर्ण भक्तजन साधकहरुमा आग्रह गरेका हुन । उहाँले यसको लागी आफुले गर्नुपर्ने धर्म सहयोगमा पछि नरहने भन्दै कला संस्कृति हाम्रो धरोहर रहेको समेत बताए । धर्मको गहिराइ जोकोहीले अनुभव गर्न सक्दैनन्। सतहमा देखिने संस्कृति भने सबैले देख्न, सुन्न र मनोरञ्जन लिन सक्ने सरल प्रकृतिको हुन्छ। धर्मले सकारात्मक सोच, दयादृष्टि, परोपकार, सेवाभाव, त्याग र बलिदानका निम्ति प्रेरणा दिन्छ। व्रत, अनुष्ठान, तप, साधनाजस्ता आन्तरिक कर्म धर्मपथमा अग्रसर हुन गरिने अभ्यास हुन्। भजन कीर्तन, नाच, गान, झाँकी प्रदर्शन जस्ता परम्परागत लोकरञ्जनका साधन स्मृति कीर्ति जगाइराख्ने माध्यम हुन । धर्म संकिर्तन लोकरन्जनका ब्यास साधकहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...