फोहर ब्यबस्थापन हाम्रो दायित्व : गापा अध्यक्ष यादव

  • असोज २९, २०७९
  • १०५९ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स / २९ असोज सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिकामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रमलाई अग्रता दिदै सरसफाइ कार्यक्रम गरेको छ । नजकिदै गरेको बिष्णु पुजा दिपावली र छठ पर्वलाई मध्य नजर गर्दै बिष्णुपुर बजार सडक पेटि सरसफाइ गर्दै बिष्णुपुर गाउँपालिका अध्यक्ष सत्यनारायण यादवले गाउँ घर लगायत शहर बजार लाई सौन्दर्य बनाउन अति आवश्यक रहेको भन्दै फोहर ब्यबस्थापन गर्नु हामी सबैको दायित्व रहेको बताएका छन । IMG20221015081919 ६७ औं प्रहरी दिवसको उपलक्ष्यमा आयोजित सरसफाइ कार्यक्रमको प्रमुख आतिथ्य ग्रहण गर्दै अध्यक्ष यादवले आफ्नो गाउँ शहर सरसफाईले सौन्दर्यताको साथ साथै विभिन्न किसिमको रोगहरुको पनि न्यूनीकरण हुने बिश्वास जताउँदै सरसफाईमा कसैले पनि कमजोरी नगर्न गाउँपालिका बासिहरुमा अनुरोध पनि गरेका छन ।IMG20221015083718 कार्यक्रममा ईलाका प्रहरी बिष्णुपुरको इन्चार्ज राजा राम यादव ,१ न.वाडा अध्यक्ष भोगेन्द्र यादव , वाडा २ को अध्यक्ष प्रमोद यादव वाडा ३ को अध्यक्ष जयकुमार यादव ,वडा ४ को अध्यक्ष रामबाबु यादव वडा ५ को अध्यक्ष जयनाथ महतो लगायत बुद्धिजीवी ,समाजसेवी ,ब्यपारी, पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...