प्रमुख निर्वाचन आयुक्तलाई संचार माध्यमलाई विभेद नगर्न महासंघको आग्रह

  • कार्तिक २३, २०७९
  • ३९२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 काठमाडौं । संचार माध्यमलाई सहज रुपमा सूचना उपलब्ध गराउने र आयोग बाट बितरित सन्देश मुलक बिज्ञापन सबैलाई समान रुपले उपलब्ध गराउन गर्दै आइरहेको आग्रह लाई ढिलासुस्ती गरेको नेपाल पत्रकार महासघका केन्द्रिय सचिब गोबिन्दप्रसाद चौलागाईंको नेतृत्व मा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई भेटेर सबैलाई समान व्यबहार गर्न दबाब दिएको छ। आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनको क्रममा निर्वाचन प्रचार प्रसार सम्बन्धी सूचना सबै सञ्चार माध्यमहरुलाई उपलब्ध नगराइएको भन्दै नेपाल पत्रकार महासंघले निर्वाचन आयोगका आयुक्त थपलियालाई भेटेर असन्तुष्टी जनाएको हो। महासंघका सचिव गोविन्द्र प्रसाद चौलागाईको नेतृत्वमा केन्द्रीय सदस्य सुवास साहसहितको टोलीले मंगलबार प्रमुख आयुक्त थपलियासँग भेटघाट गरी निर्वाचन प्रचार प्रसारको क्रममा एजेन्सी खडा गरी सञ्चार माध्यमले पाउने प्रचार प्रसार शुल्क कटौती नगर्न र छापा माध्यम, विद्युतीय माध्यम र अनलाईन माध्यम सबैलाई प्रचार प्रसार सामग्री उपलब्ध गराएर समान व्यवहार गर्न आग्रह गरेको छ । महासंघको आग्रहपछि प्रमुख आयुक्त थपलियाले तपाईहरुले पहिला आग्रह गरे अनुसार टेलिभिजन र रेडियोको समस्या हल भइसकेको, अनलाईन सञ्चार माध्यमहरुलाई अधिकतम् ३५ हजार रुपैयाँसम्मका सामग्री उपलब्ध गराउने निर्णय आजै भएको बताउँदै अब छापा माध्यम अन्तर्गत छुटेका साप्ताहिकहरुको समयमा सबैलाई समान रुपमा प्रचार सामग्री उपलब्ध गराउन आयोगमा छलफल गरी समस्या हल गर्ने टोलि समक्ष प्रतिबद्धता जनाएका छन् । देशैभरिका साप्ताहिक तथा अनलाईन सञ्चार माध्यमहरुलाई प्रचार सामग्री नदिईको मात्रै होइन साप्ताहिक पत्रपत्रिकालाई बिज्ञापन समेत दिएको छैन तत्काल दिनको निम्ति प्रमुख आयुक्तलाई सचिब चौलागाईंले आग्रह गर्नुभएको थियो । निर्वाचन आयोगले विभेद गरेको भन्दै सम्पुर्ण संचार माध्यमलाई समान व्यवहारको लागि महासंघको लविङ चौलागाईंको नेतृत्व टोलीले आयोग लाई पुन ध्यानाकर्षण गराएर दबाब दिएको हो। ं

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...