प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन मिति नजिक्दै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेताहरुले धमाधम राजीनामा दिन थाले

  • कार्तिक २९, २०७९
  • ३६९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

काठमाडौं प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन मिति नजिक्दै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेताहरुले धमाधम राजीनामा दिन थालेका छन् । एमालेका एक केन्द्रीय सदस्यले राजीनामा दिएको एक साता नबित्दै अर्का एक केन्द्रीय सदस्यले पुन राजीनामा दिएका छन् । एक साता अघि केन्द्रीय सदस्य एवं सर्लाही जिल्ला सहइन्चार्ज रिता साहले राजीनामा दिएकी थिन् । आज फेरी केन्द्रीय सदस्य एवं सिरहा जिल्लाका सहइन्चार्ज रामप्रित रामले राजीनामा दिएका छन् । पर्टीले केन्द्रीय कमिटीको निर्णयविपरीत घोर दक्षिणपन्थी र एकल क्षेत्रीय राट्रवादीहरुसँग गठबन्धन गरेको भन्दै सिरहाको गोलबजारमा पत्रकार सम्मेलन गरी पार्टी सदस्यतासमेत नरहने गरी एमाले परित्याग गरेको घोषणा रामले गरेका छन् । केही नेताहरुको व्यक्तित स्वार्थ पूर्ति गर्न पार्टीले प्रतिनिधि तथा प्रदेशसभामा कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णयविरुद्ध पार्टी नाकाबन्दी गर्ने र दक्षिणपन्थी दलसँगको गठबन्धन जनता र देशविरोधी रहेको रामको आरोप छ । ‘नाकाबन्दीको विरोध गरेर खोक्रो राष्ट्रवादी छबी बनाएको पार्टी अध्यक्ष केपी शर्मा ओलीले नाकाबन्दीको नाईके उपेन्द्र यादवसंग गठबन्धन गरेर देश र जनतालाई धोका दिने कार्य गरेको छ । अर्को तर्फ देशमा राजसंस्था पुनःस्थापना गर्न संघीयता खारेज र सनातन हिन्दु राष्ट्र स्थापना गर्ने जस्ता जनविरोधी र पश्चगमनकारी एजेण्डारु प्रमुखताका साथ अगाडी बढाएको पार्टी राप्रपासंग एमालेले जनविरोधी र परिवर्तन गठबन्धन गरेको छ’ रामले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ । उनले अगाडी भनेका छन्, ‘समग्र पार्टीलाई पार्टी नेतृत्व प्रमुख र त्यसका आसेपासेहरुले पार्टी संगठनलाई सामुहिकतामा नभई पार्टी संगठनलाई निजिकरणको रुपमा संचालन गरेको तथ्य ४–५ दशकदेखी पार्टी संगठनमा योगदान तथा त्याग गरेका कमरेडहरुलाई टिकटबाट बंञ्चित गनुृ तर कुख्यात पञ्चायतकाली तस्कर र राजसंस्था पुनः स्थापनाका लागि गतिविधि गर्ने कमल थापालाई पार्टीले टिकट दिएर सूर्य छापबाट चुनाव लडाउनुले पुष्टि गर्छ ।’ नेपाल उत्पीडित जातिय मुक्ति समाजका केन्द्रीय सचिव समेत रहेका रामले एमालेले यथास्थितिवादी र प्रतिगामी तत्वहरुसंग गहिरो रुपमा सांठगाठ गरेको आरोप समेत लगाएका छन् । केन्द्रीय सदस्यबाट साह र रामले राजीनामा दिनु भन्दा अघि बारा, पर्सा सहितका जिल्लाबाट मधेस प्रदेश कमिटी, जिल्ला कमिटी सहित बिभिन्न केन्द्रीय निकायमा रहेका हजारौं नेता कार्यकर्ताले एमाले परित्याग गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...