सिरहामा अपाङ्गताहरुको सर्वेक्षण गरिदै

  • मंसिर २६, २०७९
  • ४४६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स / २५ मंसिर, ÷ सिरहा, दलित विकास मञ्च सिरहाले सि.वि.एम.ग्लोवलको साझेदारीमा गोलबजार नगरपालकिा र कल्याणपुर नगरपालिको सहकार्यमा अपाङ्गताभएका व्यक्तिहरुको तथ्याङ्क संकलन कार्य गरिरहेको छ । दलित विकास मञ्च सिरहाद्धारा संचालित सवैकालागि समावेशि समुदायक कार्यक्रम अन्र्तगत गोलबजार नगरपालिकाको १३ वटावडा र कल्याणपुर नगरपालिकाको १२ वटावडा गरि २५ वटावडामा सर्वे गरिरहेको छ । कल्याणपुर नगरपालिका र गोलबजार नगरपालिकामा अपाङ्गता भएको व्यक्तिहरुको तथ्याङ्कक नभएकोले सर्वेक्षण गर्नुपरेको छ । दलित विकास मञ्च सिरहाले सहि अपाङ्गताभएको घर घरमा गई तथ्याङ्कक संकलन गरेर लिपिबद्ध गरि दुवै नगरपालिकालाई बुझाईने छ । स्थानिय निकायद्धारा गरिने हरेक कृयाकलापमा अपाङ्गताभएको व्यक्तिहरुको कुनै सहभागिता गरिदैन त्यसैले अपाङ्गताभएको व्यक्तिहरुको सहि तथ्याङ्कक भएपछि स्थानिय सरकारबाट पाउने सेवा सुविधामा पहुँच पुग्ने संस्थाका कार्यक्रम संयोजक जितेन्द्र राईले बताउनु भयो । तथ्याङ्कक संकलन गरिसकेपछि अपाङ्गताभएको व्यक्तिहरुको संगठित बनाई सक्षम तथा नेतृत्व विकास गरि अपाङ्गताभएको आफनो हक अधिकार प्राप्त गर्न सक्ने सम्बन्धित निकायमा आवाज बुलंद गर्न सक्ने गरि सक्षम बनाउने कार्यक्रमकको उद्धेश्य रहेको संस्थाकी अध्यक्ष रुणा कुमारी महराले बताईन् ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...