आफुखुशी समिती बनाउन नपाउँदा वडामा तालाबन्दी,१० मिनेट भित्रै ताला खोल्न बाध्य भए ब्यपारि

  • मंसिर २८, २०७९
  • १२११ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स/ २८ मंसिर सिरहा । आफुखुशी बजार समिती बनाउन नपाउँदा बिष्णुपुर बजारको ब्यपारिको एक हुलले वाडा कार्यालयमा तालाबन्दी गरेको छ । समिति बिहिन रहेको बिष्णुपुर बजारमा केहि दिन देखी समितिको लागि ब्यपारिहरुले आफ्ना पहल अगाडि बढाएको छ । ब्यपारिहरु भित्रै पनि कुरो नमिलेपछि समिती चयनमा असहजता निम्तिएको थियो । बिगततमा पनि राजनीतिक परिपाटीका कारण गोप्य रुपले गठन हुँदै गरेको बिष्णुपुर बजार समिती यसपाली पनि गोप्य रुपले बनाउन खोजेको एक ब्यपारिले जानकारी गराए । ब्यपारिहरु बिचनै कुरो नमिलेपछि वडा अध्यक्षलाई जानकारी गराउँदा पनि बैठकमा नआएको भन्दै ब्यपारिहरुको एक समुहले आक्रोशित हुँदै वडा नम्बर १ को कार्यलय देखि हिजो मंगलबार सिरहाको बिष्णुपुर गाउँपालिका समेतमा तालाबन्दी गरेको थियो । विभिन्न गुट उपगुट्मा छरिएर रहेको ब्यपारिहरुको एक समुहले वडा लगायत पालिकाको प्रतिनिधिहरुलाई अशब्द प्रयोग गर्दै तालाबन्दी गरेको वडा अध्यक्ष भोगेन्द्र प्रसाद यादवले जानकारी गराए । ब्यपारिहरुको एक समुहले आफुहरुले बिष्णुपुर बजार समिती गठनको लागी वाडा नम्बर १ को अध्यक्षलाई जानकारी गराइरहदा पनि बैठकमा उपस्थित नभैदेकोले तालाबन्दी गरेको जनाईरहेको बेला वडा अध्यक्ष यादवले समिती गठनको लागि साकारात्मक मनसाय नै नरहेको ब्यपारिहरु ईष्र्या डाह राजनीतिक पुर्वाग्रहको अधारमा उनिहरु उत्रेको आरोप लगाए । वाडा १ को अध्यक्ष भोगेन्द्र प्रसाद यादवले भने बजार समितिको बैठकको लागि आफू १ बजे सम्म बिष्णुपुर बजारमै रहदा पनि ब्यपारिहरु कुनै कतै बैठक बसेको नदेखेर सोहि दिन रहेको कार्यपालिका बैठकमा सहभागी हुन गएको जनाए । अध्यक्ष यादवले हाम्रो कार्यपालिका बैठक चलिरहेकै बेला एक ब्यपारिले फोन गर्दै बैठकमा आउन भनेपछि आफू कार्यपालिकाको बैठकमा छु । म बजारमा कहि कतै बैठकको अतोपतो नदेखेर बैठकमा सहभागी भएको जनाउँदै तपाईंहरु छलफल गर्नु भने । केही छिन पछि ब्यपारिहरुको ती समुहले हो हल्ला गाली गलौंज गर्दै सम्पुर्ण कार्यपालिका सदस्यहरूलाई थुन्दै तालाबन्दी गरेको आरोप लगाए । पछि प्रहरी प्रशासन सहयोगमा ताला खुलाएका थिए ।यसै बिषयमा गाउँपालिका अध्यक्ष सत्यनारायण यादव ले बजारको दुइ चार राजनीतिक ब्यपारिहरुले बजारका अन्य केही समान्री ब्यपारिहरुलाई उक्साहटमा पार्दै कार्यपालिकाको बैठक चलिरहेकै बेला गलत मनसायले हुलदंगा गर्दै तालाबन्दी गरेपछि केही अगुवा नेतृत्वकर्ता ब्यपारिहरुको उच्चश्रीखंल गतिविधि रहेको बताए । गापा अध्यक्ष यादवले उच्छृङ्खल गतिविधि गर्नेहरुमाथी कानुनी प्रक्रिया अपनाउँदै कार्यबाहिको लागि अघि बढने समेत जनाउनुभयो।

प्रतिक्रिया दिनुहोस

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...