सिरहा: बिष्णुपुरबाट एक युवक पेस्तोल सहित पक्राउ

  • पुस २, २०७९
  • ३८८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स / २९ मंसिर सिरहा । सिरहाको बिष्णुपुरबाट एक युवक पेस्तोल सहित पक्राउ परेको छ। मोटरसाइकल चोरेर फरार रहेका सिरहाको विष्णुपुर गाउँपालिका-३ राजपुरका विन्दे दास पेस्तोलसहित पक्राउ परेका छन् । विवाह चलिरहेको स्थानबाट मोटरसाइकल चोरेर फरार रहेका दासको घरमा खानतलासी गर्दा कम्मरमा लुकाइ राखेको अवस्थामा एक थान कटुवा पेस्तोलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीसँगै मोटरसाइकल चोरीमा संलग्न सोही स्थानका २८ वर्षीय सरोज यादव फरार रहेका छन् । हाल फरार सरोजको खोजीका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको समेत प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...