राजश्व छालिमा तिब्रता रातभरी लत्ताकपडा ,जुत्ता चप्पल र भैसीको तस्करी

  • पुस २०, २०७९
  • ५४४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

वीरगंज १९ मंगलबार पर्साको सदरमुकाम वीरगंजवाट करिब १२ किलोमिटरको दुरीमा रहेको ग्रामीण भेगका नाका प्रसौनीवाट रङ्गा भैसीको व्यापक रुपमा तस्करी भईरहेको छ। सिमानाकाको मुख्य जिम्मेवारी पाएका सशस्त्रका प्रहरी बल बिओपी प्रसौनीको संरक्षणमा तस्करहरुले लाखौं रुपैयाँको राजश्व छलि भारतवाट नेपाल तर्फ रातभरी तस्कर लत्ताकपडा ,हाडयेवर , जुत्ता चप्पल , गाई-भैसी, कुखुराको चल्ला र नेपालवाट भारततर्फ कबाड, डाबरको पेस्ट र कास्मिटिक सामानहरुको तस्करी भईरहेको नाम उल्लेख नगर्ने सर्तमा एक स्थानियले बताए । प्रसौनीका एक व्यापारीले दिन्हौ सयको सङ्ख्यामा भारतवाट नेपाल ल्याई वडाको सिफारिस ,भेटनरी र फर्म अनलाईन बिल कटाएर भैसीहरु नेपालको पोखरा पैठाउने गरेको स्थानियहरुले बताएका छन्। सिमानाकाम रहेका प्रहरीको संरक्षणमा रातभरी खेतको बाटो प्रयोग गर्दै भित्राएका गाई-भैसीहरुले किसानले लगाएको गहुबालिहरुको ठुलो मात्रामा क्षति भईरहेको प्रसौनी निवासी बिनय गुप्ताले गुनासो पोखे । सिमानाकामा रहेका सुरक्षाकर्मीहरुलाई भैसी तस्करले एक गोटा १ हजारको दरले दिने गरेको एक तस्करले जनाएका छन्। सशस्त्र प्रहरी बल १३ नम्बर गणका गणपति डिएसपी संतोष बस्नेतले तस्करीमा कडाई गर्ने पटकपटक कडा निर्देशन दिदै आएपनि उनको निर्देशन विपरीत सशस्त्र प्रहरी बल बिओपीहरुले सिमानाका लाई कमाई खाने भाडो बनाई तस्करीलाई बाटो खुल्ला गरिदिएको नाम उल्लेख नगर्ने सर्तमा सशस्त्र प्रहरीका एक सिपाहीले बताए । यसरीनै आफ्नो संगठनको निर्देशन विपरीत तस्करीको लाईन सुचारु गराउदै आएका बिओपीपतीहरु माथि सम्बन्धित निकायको ध्यान जान यतिनै आवशयक देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...