किसानले सहज रुपमा सुबिधा पाउनु पर्छ: गापा अध्यक्ष यादव

  • पुस २३, २०७९
  • ९२२ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स/ २२ पुस,सिरहा । किसानहरूले सहज बाताबरणमा उनिहरुले पाउनु पर्ने सुबिधा पाउनु पर्छ , बिष्णुपुर गाउँपालिका अध्यक्ष सत्यनारायण यादवले एक कार्यक्रम बीच बताउनु भएको छ । बिष्णुपुर गापा स्थित साना किसान सहकारी संस्था लिमिटेडको २६ औं सधारण सभाको प्रमुख आतिथिको रुपमा सम्बोधन गर्दै अध्यक्ष यादवले किसानको लागी आएका अनुदान सुबिधाहरु किसानहरुले सहज रुपमा पाउनुपर्ने आवश्यकता रहेको जनाए । उहाँले, साना किसान सहकारी संस्था लिमिटेड भित्र रहेको विभिन्न कार्यहरूलाई संस्थाका जिम्मेवारहरुले जनतालाई सुशासनको प्रत्याभुती दिलाउंदै कार्यहरू गर्न अगाडी बढनुपर्ने सुझाव दिएका थिए । गाउँपालिका अध्यक्ष यादबले भन्ने यश संस्था भित्र २ हजार ५६ सद्स्य संख्या रहदारहदै पनि २६ औ सधारण सभामा झन्डै तीन सयको पनि उपस्थिति नहुनु दु:खद हो । उहाँले भने मौसम प्रतिकुललताले पनि सदस्य बस्न असहजreceived_3366760290248879 प्रस्थिती निम्तिएकोले अनुकुल मौसम सुख्खा रुखा बाताबरण भएको बेला यस्ता कार्यक्रम राख्न सुझाएका थिए । कार्यक्रममा अध्यक्ष यादवले गोठ निर्माण देखि भबन निर्माण ,किसानको लागि मल खाद बीउ बितरण मोटर जडान,च्याप कटर मेशिनमा किसानहरुलाई समान व्यबहार गरिदिनुहुन भन्दै सुशासनमा थप जोड दिन भनेका थिए । अध्यक्ष यादवले आफू यश संस्थाको जग्गा दाता समेत रहेकोले नामाकरण सम्बन्धमा पनि क्षलफल प्रक्रियामा लाग्न आग्रह गर्दै साधारण सभाको पुर्ण सफलताको कामना गरेका थिए । कार्यक्रममा विभिन्न अतिथी बक्ताहरु वडा १ को अध्यक्ष भोगेन्द्र प्रसाद यादव ,भु.पु वडा अध्यक्ष गोपिन्दर यादव संस्थापक अध्यक्ष देब नरायन महतो, अशेश्वर ठाकुर लगायतका शेयरधनी बक्ताहरुले सुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न सरोकारवाला प्रहरी प्रशासन पत्रकार ,बुद्धिजीवी ,किसान समाजसेवीहरुको सहभागिता रहेको थियो भन्ने कार्यक्रम शाखा प्रबन्धक ओपिन्द्र प्रसाद यादवले धैर्यताका साथ उदघोषन गर्दै शान्त बाताबरणमा सु-सम्पन्न गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...