निजि बिदालयहरुले लापरबाही हैन विद्यार्थी बालबालिकाको सुन्दर भबिस्य निर्माणको लागि संबेदनसिल हुनु जरुरी

  • पुस २५, २०७९
  • ५०४ पटक पढिएको
  • राम पुकार यादव
alt

दर्ता बिना दर्ताको कम निजि बिदालय छैन । तर ती बिदालयहरुले शैक्षिक बिकास शिक्षा सुधार लगायत उचित ब्यबस्थापआ निकै कमजोर देखिएको छ । बरु निजि बिदालयहरुले पैसा असुलिमा बढी ध्यान दिन्छन । उनिहरुको मुख्य उदेश्य नै जसरी तसरी पैसा असुल्ने हो । विद्यार्थीको भबिस्य र उनीहरुको ज्यान ज्यु सम्बन्धि ख्याल कहाँ हुन्छ ? बिदेशमा इटाँ पथर उठाएर ,पसिना चुहाइ चुहाइ कमाएको पैसा कसरी अबिभावकहरु संग असुल्ने र आफ्नो सम्पत्ति जोडने उनीहरुमात्र जानदछ । हिजो सिरहाको मिर्चैया स्थित सागरमाथा स्कुलमा बेनाहक एक किशोरीको ज्यान गएको छ । यो बिदालयको लापरबाही हो । गैर जिम्मेवार तरिकाले औषधि संगै स्प्रीट खुवाए पछि किशोरीको ज्यान लियो । आफ्ना जिवनमा ठुलो ठुलो सापना सजाउन र साकार पार्न अबिभावकहरु बिदालयमा विद्यार्थी बालबालिका दिएका हुन्छन तर भन्ने बिदालयको लापरबाहीले उनिहरुको भबिस्य अन्योल त के ज्यान नै लिन पुग्छन । अबिभावकह्रुले आफ्ना बाल बच्चा डक्टर ,इन्जिनियर लेक्चरर,प्रोफेसर बैज्ञानिक बनुन भने स्वर्न बिश्वास र आशा राखेका हुन्छन् तर पैसा मुखी धेरै निजि बिदालयहरुले उनी बालबालिकाको जीवन संग खेलबाड गरिदिन्छ । त्यसबेला के बित्छ अबिभावकहरुलाई जसको बालबच्चाको एक शिक्षालयमा ज्यान जान्छन् । यस्ता लापरबाही गर्ने शिक्षक शिक्षिका प्रीन्सिपल र बिदालाई कार्यबाही हुनु जरुरी हो ।हैन भन्ने ती बिदालयहरु सुध्रिदैन ।मिर्चैयाको सागरमाथा बोर्डिङ स्कुल लापरबाहीको चरम सिमा नाँघेका छन । दोषीलाई प्रश्र्य होइन कानुन समत सजाई दिनुपर्छ । यस्तै सिरहाका धेरै भन्दा धेरै निजि बिदालयहरुमा लापरबाही हुँदै गरेको छ । यतिखेर निजि बिदालयहरुले पैसाको निम्ति विद्यार्थी बालबालिकाहरुलाई घन्टौ शितलहरको कहरमा पनि फिल्ड मा उभ्याइन्छ । जो बालबालिकाको ज्यु ज्यान सँग खेल्ने गरेका छन । शितलहरका कारण सामुदायिक बिदालयहरुले विद्यार्थी बालबालिकाको स्वास्थ र ज्यनको सुरक्षाको ख्याल गर्दै बिदा दिएका छन ।तर निजि बिदालयहरुले शितलहरको यश कठिन घडिमा पनि विद्यार्थी सँग पैसा असुल्न बिदालय खोलेका छन । र पैसा असुल्न उनिहरुको ज्यान र स्वास्थको प्रबाहै नगरी घन्टै फिल्डमा उभ्याउन लगाउछन र दबाब दिदै भन्छन भोलि जसरी पनि पैसा लिएर आउने है ।हैन भने यश भन्दा पनि बढी चिसो लगाउँछु । यश किसिमको रबैयाले बालबालिकाको ज्यान जान नसक्ने कुनै संकेत छैन । त्यसैले तिनी बालबालिकाहरुको भबिस्य र स्वास्थ जीवन सुरक्षाको निम्ति अनुगमन गर्ने ब्यबस्थापन गर्ने र शैक्षिक बतावरणलाई ख्याल गर्ने निकाय हरु पनि बेलामै सचेत हुनु जरुरी रहेको छ । साथै निजि बिदालयहरुले लापरबाही हैन विद्यार्थी बालबालिकाको भबिस्य,स्वास्थ जीवन प्रती संबेदनसिल हुनु जरुरी रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...