शितलहरको कहरमा अति बिपन्नहरु न्यानो बाट बंचित हुनुहुदैन : गापा अध्यक्ष यादव, हर्षित मुद्रामा बिष्णुपुरका स्थानीय बिपन्नहरु

  • माघ ३, २०७९
  • ७१९ पटक पढिएको
  • राम पुकार यादव
alt

 प्रदेश टाइम्स दैनिक / सिरहा । खुला अकाशमुनी भुमिमा रहेका अति बिपन्नहरु शितलहरको कहरमा न्यानो कम्बल बाट बंचित हुनुहुदैन सिरहाको बिष्णुपुर गाउँपालिका अध्यक्ष सत्यनारायण यादवले जनाउनुभयो । गाउँपालिका अध्यक्ष यादवले आज मंगलबार पालिकाको वडा नम्बर २ मा अति बिपन्नहरुलाई कम्बल बितरण गर्दै वडामा रहेको अति बिपन्न एकल महिला ,दलित अपांग ज्येष्ठ नागरिकहरु न्यानोको लागी फाइबर सिरक लिन बाट बंचित हुनुहुदैन भन्दै वडा जनप्रतिनिधिहरुलाई सुझाब दिएका थिए । समाजमा परोपकारी भुमिका खेल्न तत्पर रहने अध्यक्ष यादवले गहिरिएर नियाल्दै न्यानो पाउनुपर्नेहरुको लिस्ट र नामावली हेर्दै बिपन्नहरुको लागी मौसम प्रतिकुलतालाई मध्य नजर गरि न्यानो फाइबर सिरक लिन अति बिपन्न मापदण्डमा पर्ने कोहि छुट्नु हुदैन बताए । यतिखेर यश बिष्णुपुर गाउँ पालिका स्थित हरेक वडामा अति बिपन्नहरुलाई प्राथमिकतामा राखेर न्यानो फाइबर सिरक बितरण गर्नुपर्छ र ति कार्यआफुहरु गरिरहेको गाउँपालिकाको अधिकृत रबिन्द्र कुमार महतले बताउनुभयो । अधिकृत महतले बिपन्नहरुको सुचि तयार गर्दै न्यानो बितरण कार्य वडाहरुमा तिब्र रुपले अगाडी बढिरहेको बताए । नागरिकको पहुँचको सरकार स्थानीय तह रहेकोले जनतासँग प्रत्यक्ष सरोकार राख्ने र नागरिकले स्थानीय तहको प्रत्याभूति गर्ने किसिमको कार्यक्रम सञ्चालन गर्दा नागरिक र स्थानीय तहको सम्बन्ध अझ बलियो बन्न सक्छ । जुन कार्यक्रमहरु गर्न सिरहाको बिष्णुपुर गाउँपालिकाको अध्यक्ष सत्यनारायण यादवले हरेक पक्षहरू संग समन्वयात्मक भुमिका खेल्दै आएको स्थानीयहरु बताउँछन । पालिका र वडाको समन्वयमा वडा नम्बर ४ थलहाकटहामा पनि १ सय २६ फाइबर सिरक अति बिपन्नहरुलाई बाँडिसकेको वडा अध्यक्ष रामबाबु यादवले बताए । वडा नम्बर २ को अध्यक्ष प्रमोद कुमार यादवले भने आज ४३ जनालाई फाइबर सिरक बाँडदै अरु पछि बितरण गर्ने भन्ने जानकारी गराए । यस्तै बिष्णुपुर गाउँपालिकाको वडा नम्बर १ र ३ मा सुची तयार हुदैछ भन्ने वडा नम्बर ५ मा भोलि बुधबार ४ गते न्यानो फाइबर बितरण गरिने प्रमुख प्रशासकीय अधिकृत महतले जानकारी गराए । बिपदको घडी पालिकाले जनताको सहायतामा जोडदिदै आएको देखिएको हो । पालिकाले न्यानोको लागि जलावन देखी फाबर सिरक सम्म बितरनमा तिब्रता देखाइसकेका छन । स्थानियहरु हर्षित हुँदै पालिका प्रती धन्यवाद जताएका छन ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...